बालुवाटार जग्गा प्रकरण 'दोषी ठहर भए जस्तोसुकै सजाय पनि भोग्नेछु'

राजनीति बैशाख २४ २०७६ ekhabarnepal
Oo

काठमाडौ वैशाख २४,
 सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलका क्रममा महासचिव पौडेलले ललिता निवासको जग्गा प्रकरणबारे गम्भीर छानबिन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । सरकारले गरेको छानबिनबाट आफू दोषी ठहर भए जस्तोसुकै सजाय भोग्न पनि तयार हुने उहाँको भनाइ थियो ।

‘ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानबिन होस्, सत्यतथ्य सार्वजनिक होस्, दोषीलाई कडा कानुनी कारबाही होस् भन्ने माग गर्छु,’ महासचिव पौडेलले भन्नुभयो, ‘म आफू दोषी ठहर भए जुनसुकै सजाय भोग्न तयार छु ।’

यसअघि पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि ललिता निवास परिसरको जग्गा प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारसंग माग गर्नुभएको थियो । सरकारले गरेको छानबिनबाट आफू दोषी ठहर भए साजय भोग्न तयार हुने उहाँको भनाइ छ ।

प्राप्त प्रतिकृयाहरू

To Top