राष्ट्रपतिको सम्बोधनमा, प्रधानमन्त्री ओलीले भन्नुभयो 'त्यतिसाह्रै बौद्धिक दिवालियापन हुनुहुदैन'

राजनीति बैशाख २३ २०७६ ekhabarnepal
555664646

काठमाडौ वैशाख २३,
 प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर गर्नुभएको सम्बोधनलाई ठुला ठुला नेताहरुले समेति ब्रिटिस महारानीको गन्ध आयो भन्नुलाई बौद्धिक दिवालियापन भएको बताउनुभएको छ । गृहमन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा बोल्नुहुदै प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘ त्यतिसाह्रै बौद्धिक दिवालियापन हुनुहुदैन ।

राज्यको राज्य संयन्त्रको सर्वोच्च निकाय हो राष्ट्रपति । राष्ट्रपतिको मातहतमा राज्य र राज्यका सबै निकायहरु रहेका हुन्छन त्यसै कारणले त्यो सर्वोच्च पद बन्छ । जुन सरकार बन्छ त्यो  राष्ट्रपतिको सरकार ह्ुन्छ । राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै हो, जननिर्वाचित सरकारलाई राष्ट्रपतिले ‘मेरो सरकार’ भनेर अपनत्व दिन्छ ।’ प्रधानमन्त्री ओलीले राष्ट्रपतिको कुनै पार्टी नभएकाले ‘मेरो सरकार’ भन्ने प्रचलन रहेको बताउनुभयो ।

उहाँले छिमेकी मुलुक भारतमा चलेको प्रचलनका बारेमा व्याख्या गदै भन्नुभयो,–‘ प्रणव मुखर्जीै जिन्दगीभरी काग्रेसको राजनीतिक गर्नुभएको काँग्रेसबाटै उहाँ राष्ट्रपति हुनुभयो । अलिक पछि विजेपीको सरकार भयो । विजेपीको सरकार हुँदा पनि उहाँले संसदलाई सम्बोधन गर्दा ‘माइ गर्भमेन्ट’ नै भन्नुभएको थियो ।’ नेपालमा जन्मसिद्ध अधिकार पाएकाले मात्रै ‘मेरो सरकार’ भन्न पाउने तर जनताबाट चुनिएका जनप्रतिनिधिमा त्यो हैसियत हुदैन भन्ने सोच राख्नु सामन्ती चिन्तन भएको प्रधानमन्त्रीको भनाइ थियो ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले राष्टपति कार्यकारी हो की होइन ? भन्ने प्रश्न उठने गरेको भन्दै उहाँले राष्ट्रपतिमाथि यस्ता बिषय तेस्याउनु बेतुकको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो,– ‘राष्टपति भनेको राष्टपति हो, सरकारी कामकाज गदैन तर सेना परिचालन गर्न परयो भने, राष्ट्रपतिले आदेश दिएपछि मात्रै सेना परिचालन हुन्छ । संसदले बनाएको कानुन राष्ट्रपतिले सहि गरेपछि मात्रै लागु हुन्छ ।’ राष्ट्रप्रमुख जुन राष्ट्रले चुनेको हुन्छ त्यो सर्वोच्च हुने प्रधानमन्त्रीको भनाइ थियो । उहाँले जनताबाट चुनिएको संस्था सम्मानित भएकाले त्यसको विधि र थिति अनुसारले नै सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top