'फोरम नेपाल र नयाँ शक्ती' पार्टी एकीकृत

राजनीति बैशाख २३ २०७६ ekhabarnepal
676

वैशाख २३,    संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ती पार्टी एकीकृत भएका छन् । दुई पार्टीले आफ्नो आफ्नो पार्टी विघटन भएको घोषणा गर्दै ‘समाजवादी पार्टी नेपाल’ निर्माण भएको घोषणा गरेका हुन्।

राजधानीको प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरेर दुवै पार्टीले एकताको जानकारी दिएका हुन्। एकीकृत पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको वकालत गर्ने भएको छ। त्यस्तै नेपालको शासकीय स्वरुपको पुर्नसंरचनाको माग अगाडि सार्ने भएको छ। समाजवादी पार्टीले दश प्लस एक को अवधारणामा अगाडि बढ्ने जनाएका हुन्।

प्राप्त प्रतिकृयाहरू

To Top