रुसी विमानमा आगो लाग्दा ४१ को मृत्यु, ३७ को उद्धार

विश्व बैशाख २३ २०७६ ekhabarnepal
Moscow plane fire 11

 काठमाडौं बैशाख २३

 
एक रुसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ।

मस्को विमानस्थलमा आकस्मिक अतवरण गर्ने क्रममा सुखोई सुपरजेट-१०० विमानमा आगलागी भएको हो।

रुसको सरकारी मिडियाको अनुसार मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा सवार चालकदलका पाँच सदस्यसहित ७८ जनामध्ये ४१ जनाको मृत्यु भएको हो। 
३७ जनालाई भने जीवितै उद्धार गरिएको छ।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडवडीका कारण विमान एयरपोर्टमा फर्कनुपरेको र अवतरणका क्रममा विमानको इञ्जनमा आगो लागेको थियो।

सामाजिक सञ्जालमा आइरहेका भिडियो हेर्ने हो भने यात्रीहरुलाई विमानको आपतकालिन ढोकाबाट निकालिदै थियो।

भिडियोमा अवतरण गर्ने क्रममा विमानबाट कालो धुवा आइरहेको देख्न सकिन्छ। यस्तै अर्को भिडियोमा विमान अवतरण गर्ने क्रममा उफ्रिएको देख्न सकिन्छ।

इस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनामा मृत्यकका परिवारप्रति समावेदना व्यक्त गरेका छन्।

रुसी सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउनेमा दुई बालबालिका र चालक दलका सदस्यहरु पनि रहेका छन् । जेट विमानमा ७८ यात्रु र चालक दलका पाँच सदस्य थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top