'बिज्ञसंगको विशेष छलफल' पछि स्थायी राजधानी र नामको टुङगो लाग्नेछ

राजनीति बैशाख २२ २०७६ ekhabarnepal
111122

बुटवल  बैशाख २२,

प्रदेश नं ५ को  स्थायी राजधानी र नाम अझै टुङगो लागेको छैन । यस विषयको निश्चित गर्नु पूर्व विज्ञ समूहसँग छलफल गर्ने भएको छ ।

उपसमितिले दिएको प्रतिवेदन परिमार्जन गर्दै  विशेष समितिको बैठकले अन्तिम रुप दिई सुझाव सहित सिफारिश गरेको छ।  आज आइतबार बसेको विशेष समितिको बैठकले स्थायी राजधानीका बारेमा छलफल गर्न प्रदेश सभा सचिवालयलाई विज्ञहरु उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको विशेष समितिका सभापति दीपेन्द्र कुमार पुन मगरले जानकारी दिए ।
विज्ञहरुसँग निम्न प्रकारका विषयमा छलफल हुने पुनले बताए ।
1. सुरक्षा
2.मौसम
3.भुगोल
प्रदेशको उपसमितिले प्रदेश नं. ५ को नाम लुम्बिनी र राजधानी रुपन्देही वा दाङ बनाउने सुझाव सहितको प्रतिवदेन हिजो शनिबार विशेष समितिलाई बुझाएको थियो ।
उपसमितिका जेष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मुल समितिका सभापति दीपेन्द्र कुमार पुन मगरलाई शनिबारको बैठकमा हस्तान्तरण गरेका थिए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top