दिल्लीका मुख्यमन्त्री केजरीवाललाई 'सम्बोधन गर्दागर्दै थप्पड हानेपछि..'

विश्व बैशाख २२ २०७६ ekhabarnepal
99954645

एजेन्सी वैशाख २२,
 दिल्लीका मुख्यमन्त्री एवम् आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई एक र्यालीमा अज्ञात व्यक्तिले थप्पड हानेका छन् । शनिबार केजरीवालले सम्बोधन गरिरहेको समयमा ती व्यक्तिले थप्पड हानेका हुन् ।

केजरीवाल पश्चिम दिल्लीको मोतीनगर क्षेत्रमा पार्टीका उम्मेदवार बलबिर सिंह जाखडसँग चुनाव प्रचारमा थिए । रोड शोका लागि केजरीवाल र जाखड छत नभएको जीपमा सवारी थिए ।

आम आदमी पार्टीले आक्रमणको आरोप भाजपालाई लगाएको छ । उसले ट्वीटरमा लेखेको  छ ‘यो अरविन्द केजरीवालमाथिको आक्रमण होइन, यो त दिल्लीको जनमतमाथिको आक्रमण हो । दिल्लीका जनताले १२ मेमा यसको जवाफ राम्रोसँग दिनेछन् ।’ केजरीवाल सरकारका मन्त्री मनीष सिसोदियाले त भाजपाका नेता नरेन्द्र मोदी र अमित शाहले अब केजरीवालको हत्या गर्न चाहेका हुन् त भन्ने प्रश्न पनि गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top