राजपाद्वारा प्रतिनिधि सभा 'बैठक अवरोध'

राजनीति बैशाख २२ २०७६ ekhabarnepal
99

काठमाडौँ वैशाख २२,
  प्रतिनिधि सभाको आजको बैठक राष्ट्रिय जनता पार्टीले अवरोध गरेका थिए । बैठक सुरु हुनासाथ राजपाका सांसदले उठेर बैठक अवरोध गरेका थिए । सभामुख कृष्ण बहादुर महराले राजपा सांसद लक्ष्मणलाल कर्णलाई बोल समय दिएपछि कर्णले ग्रिसचन्द्र लालको प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने बताएका थिए ।

सभामुखले दुई दुई पटकसम्म सो प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएपनि सरकारले अटेर गर्दै अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेकाले आफुहरुले सो प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक अवरोध गर्ने सांसद कर्णले आफ्नो भनाई राखेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top