अग्रज कम्युनिष्ट नेता बर्मनलाई 'स्वास्थ्य लाभको कामना'

समाज बैशाख २० २०७६ ekhabarnepal
00

काठमाडौँ वैशाख २०,
 सभामुख कृष्णबहादुर महराले पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

आज बिहान पाटन अस्पताल पुगी सभामुख महराले उहाँलाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो । पूर्वसांसद बुढालाई पेटमा समस्या देखिएपछि बिहीबार अस्पतालमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार भइरहेको उहाँकी छोरी विजयज्योतिले बताउनुभयो ।

सो क्रममा सभामुख महराले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरतकुमार यादव र चिकित्सकको टोलीलाई बुढाको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुभएको थियो । उहाँ विसं २०४८ मा जनमोर्चा नेपालकोतर्फबाट रोल्पा क्षेत्र नं १ बाट विजयी हुनुभएको थियो ।

रासस 

प्राप्त प्रतिकृयाहरू

To Top