उडिसामा पस्यो फानी आँधी, १० लाख मानिस सुरक्षित क्षेत्रमा  

समाज बैशाख २० २०७६ ekhabarnepal
Faani

 
काठमाडौं, बैशाख २०
 भारतको उडिसा राज्यमा फानी आँधी पसेको छ । आँधीको गम्भीरतालाई आँकलन गर्दै १० लाखभन्दा बढी मानिसलाई सुरक्षित क्षेत्रमा सारिएको छ ।

एक अनुमानअनुसार, लगभग १० हजार गाउँ र ५२ शहर यस भयानक आँधीको चपेटमा पर्नसक्छन् । 

बीस वर्षमा पहिलोपटक यति भयंकर आँधी आएको हो । 

विपत व्यवस्थापन तीव्र कारवाही बलका २० इकाइ र फायर सेफ्टी डिपार्टमेन्टका ५२५ मानिस उद्धार कारवाहीका लागि तयार छन् । यसबाहेक स्वास्थ्य विभागका ३०२ –यापिड रेस्पोन्स टीम तैनाथ गरिएको छ । 

सन् १९९९ मा आएको सुपर साइक्लोनपछि पहिलोपटक राज्यमा यति भीषण आँधी आएको हो । त्यतिखेर १० हजार मानिस मारिएका थिए । 

फानी आँधी चारदेखि ६ घन्टासम्म अत्यन्तै भीषण रहनेछ । त्यसपछि यो बिस्तारै कम हुँदै जानेछ । 

मौसम विभागले आँधीका कारण झुपडी र माटोका घर पूरै ध्वस्त हुन सक्ने चेतावनी दिएको छ । बिजुलीको खम्भा लडेर अनि आँधीका कारण उडेका वस्तुबाट पनि खतरा हुनेछ । 

आँधी उत्तरपूर्वतर्फ गएर पश्चिम बंगाल र बंगलादेशतिर जानेछ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top