टिपरको ठक्करबाट छोरीको मृत्यु,बाबु घाइते

समाज बैशाख १९ २०७६ ekhabarnepal
66666

रुपन्देही वैशाख १९,  
   बुटवल पाखापानीमा आज भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ तामनगरका २० वर्षीया पुष्पा भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार भोजप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

दुर्घटनामा परी पुष्पाका बुबा ४७ वर्षीय घनश्याम भण्डारी घाइते हुनुभएको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।   बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु१ख ६२३३ नंको टिपरले पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको लु४५प ७२३४ नंको स्कुटरलाई पाखापानीको मनकामना मन्दिर नजिकै ठक्कर दिदाँ सो दुर्घटना भएको थियो । टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।    
रासस 

प्राप्त प्रतिकृयाहरू

To Top