कारलाई ट्रकले ठक्कर दिँदा 'अध्यक्ष मनाेहरसहित तीन जना घाइते'

समाज बैशाख १८ २०७६ ekhabarnepal
665457

दाङ बैशाख १८ ,

प्रदेश ५ का युवा संघ अध्यक्ष मनाेहर बुढाथोकी घाइते हुनभएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शितगंगा नगरपालिका-८, अर्घाखाँचीमा युवा संघ प्रदेश ५ का अध्यक्ष मनाेहर बुढाथोकीसहित नेकपाका जिल्ला स्तरका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा बुढाथोकीसहित तीन जना घाइते भएका हुन् ।

मुख्यमन्त्री शंकर पाेखरेलसहित बुटवल जान थालेका युवा संघका अध्यक्ष बुढाथोकी सवार बा १९ च १३३ नमम्बरको  कारलाई नारायणघाट बाट घाेराही आउँदै गरेकाे ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियाे । दुर्घटनामा बुढाथोकीसहित नेकपा जिल्ला कार्यदल सदस्य शिवकुमार आचार्य, नेकपाका सदस्य लक्षमणकुमार शर्मा घाइते भएको अस्थायी प्रहरी पाेस्ट सापमारा अर्घाखाँचीले जनाएको छ ।

बुढाथोकीकाे टाउको र निधारमा चाेट छ । शिवकुमार आचार्यलाइ सामान्य खुट्टामा चाेट लागेकाे छ भने, लक्ष्मणकुमार शर्माकाे घाँटीमा चाेट लागेकाे जनाइएको छ । बुढाथोकी र शर्मालाई थप उपचारको लागि नेपालगञ्ज लगिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top