मानव बेचविखको 'बदलिँदो परिवेश' (सचेत बनौं)

समाज बैशाख १८ २०७६ ekhabarnepal
545454

काठमाडौं वैशाख १८,
नेपालमा मानव बेचविखको बदलिँदो परिवेशबारे सचेत हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
काठमाडौंमामानब बेचविखनको बदलिँदो स्वरुपसम्बन्धी सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेकाहुन् । युएसएआइडीको सहयोगमा काठमाडौंमा भएको कार्यक्रमा उनीहरुले नेपालमा मिर्गौला तस्करी तथा मानवबेचविखनको अवस्था भयाबह रहेको बताएका हुन् । जनअधिकार संरक्षण विकास मञ्चका शतिसकुमार शर्माले दशबर्षको अन्तरातलमा मिर्गौला तथा मानव बेचविखनको संख्या डरलाग्दो गरी बढेको बताए ।

उनले नेपालमा विद्यमान मानव बेचविखन तथा ओसारपसार सम्बन्धी ऐन २०६४ र अंगप्रत्यारोपण ऐन २०५५ एक आपसमाबाझिँदा यो समस्या समाधानमा थप जटिलता देखिने गरेको बताए ।बढी मात्रामा पैसाको प्रलोभन देखाएर तथा डर,धाक,धम्की देखाएर मानवअंगको बेचविखनकार्य हुने गरेको शर्माको भनाइथियो । उनले यस्ता घटना न्यूनीकरणका लागि सवैले आ–आफ्नो क्षेत्रमा सहयोग तथा समन्वयगर्नुपर्ने धारणा राखे । कार्यक्रममा महिला कानून विकास मञ्चका कार्यकारी निर्देशक सविनश्रेष्ठले मानव बेचविखनमा संलग्न मुख्य नाइकेहरुलाई समाउन नसक्दा यो समस्या पटक पटक दोहोरिने गरेको बताए ।

उनले पछिल्लो समय विदेशी राष्ट्रहरुमा मानव बेचविखनको समस्या बढ्दो रहेको बताए । सुरुमा एउटा कामका लागी भनेर विदेश प¥ुयाउने र पछि अन्यन्त्र लगेर बेचविखनगर्ने गरेको घटना बढि रहेकाले बैदेशिक रोजगारीमा जाँदा सर्तक हुनुपर्ने उनको भनाइ थियो । यस्तै वैदेशिक रोजगार विभागको भूमिकापनि यस्ता मुद्धामा सक्रियहुननसकेको बताए । थाहादिएपनिबास्तविकताजानकारी नदिइ गरीने कार्य पनि बेचविखन नै हुने उनले बताए ।

सीएलआरआरडीका मञ्जु मरासीनीले नेपालभित्रै हुने मानव बेचविखनतथा यौन दुराचारको विषयमाखासै चर्चा हुननसकेको बताइन् । उनले नेपालमा बालबालिकाहरुलाई मनोरञ्जनका क्षेत्रमाप्रयोग गर्न नपाइने भए पनि विभिन्न प्रलोभन देखाएर बालबालिकाहरुलाई यस्तो कार्यमा लाग्न  बाध्य पारिने गरेको बताइन् । उनले बालयौन दुरव्यावहारको ३२ वटा घटनामा आफ्नो सँस्थाले समन्वय गरेर १६ वटा घटनाको निरुपण गराएर पीडितहरुलाई न्यायदिएको जानकारी दिइन् । साथै पीडितहरुलाई क्षतीपूर्ती दिने तथा मुद्धाको फैसाला गराउने कार्यपनिनिकै ढिला र सुस्त रहेको मरासीनीको भनाई थियो । कार्यक्रममा बोल्ने अन्य सहभागीहरुले पत्रकारीताको माध्यबाट यस्ता घटनालाई न्युनिकरण गर्न सकिने भएकाले सञ्चारमाध्यमहरुको सक्रियता बढाउनुपर्नेमा जोड दिएकाथिए ।

प्राप्त प्रतिकृयाहरू

To Top