राष्ट्रपति भण्डारी स्वदेश फिर्ता,प्रधानमन्त्रीद्धारा स्वागत

राजनीति बैशाख १८ २०७६ ekhabarnepal
776776

काठमाडौ बैशाख १८,
राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर आज फकिनु भएको छ । ९ दिने राजकीय चीन भ्रमणमा रहनुभएकी राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या भएपछि १ दिन भ्रमण छोट्याएर आज फर्किनु भएको हो ।

भण्डारी आज बिहान साढे १० बजे विमानस्थलमा अवतरण गर्नुभएको हो । राष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा स्वागत गर्नुभएको थियो । राष्ट्रपतिको स्वास्थ्यमा कस्तो समस्या देखिएको हो भन्ने विषयमा केही खुलाइएको छैन ।

चीनको दोश्रो बेल्ट एण्ड रोड फोरममा सहभागी भएलगत्तै राष्ट्रपतिले सोमबार चिनियाँ समकक्षी सी जिनफिङसंग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top