मुख्यमन्त्री पोखरेललाई लक्षित गर्दै 'रोल्पामा बम बिस्फोट'

समाज बैशाख १७ २०७६ ekhabarnepal
444444444

रोल्पा बैशाख १७,
 प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गर्दै रोल्पामा बम बिस्फोट भएको छ।

सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागि हुन जाँदै गर्दा सडक नजिकै जंगलमा बम बिस्फोट भएको प्रदेश-५ सभाका सांसद दिपेन्द्रकुमार पुनले जानकारी दिए । मुख्यमन्त्री पोखरेल हिँडेको गैरीगाउँस्थित राँकडाँडामा मंगलबार विहान ११ बजे बम बिस्फोट भएको हो। यद्धपी प्रहरीले बम विस्फोट नभएको जनाएको छ।

रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले कुनै बम बिस्फोट नभएको बताए । तर, गैरीगाउँ स्थानीयले भने बिस्फोटको ठुलो आवाज आएको बताएका छन्। पाल्लो पखेरास्थित गहुँबारीमा मुख्यमन्त्री हिँडेकै सडक नजिक सोमबार पनि बम विस्फोटन भएको थियो। रोल्पा नगरपालिका–४ रुन्टाबाङ र तित्रिकोट गाउँको बिच जंगल क्षेत्रमा विस्फोट भएको स्थानीयले बताएका थिए। बिस्फोटपछि धुवा र धुलो उडेको थियो।

सोमबार भएको बिस्फोटको जिम्मा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिइसकेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top