अब पानिको हाहाकार झेल्नु पर्दैन : नगरप्रमुख शिवराज सुबेदी

समाज बैशाख १६ २०७६ ekhabarnepal
544

 वुटवल सुख्खानगर

खानेपानिको हाहाकारलाई मध्यनजर गर्दै बोरिगं गाडन सुरु गरीएको छ । बुटवल उपमहानगरपालिकाको वडा नम्वर ७ र ८ मा खानेपानीको परीयोजना सञ्चालन हुन नसेपछी तत्कालका लागि खानेपानी समस्या समाधान गर्न सडक डिभिजन परीसर भित्र ६२ लाख रुपैयाको लागतका  बोरिगं गाडन सुरु गरीएको हो ।
विशेष गरि सुख्खानगर, शिवनगरमा खानेपानीको लगि समस्या देखिएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले बिशेष पूजा गरी आज बिहान बोरिगं गाडने कार्यको शुभारम्भ गर्नु भयो । कार्यक्रममा बोल्दै  नगर प्रमुखले बुटवलमा एक डेढ लाख जनसंख्यालाई लक्ष्यित गरी बनाईएको खानेपानी सस्थानको क्षमताले अहिले बुटवलबासीलाई सहज रुपमा खानीपानी उपलब्ध गराउन समस्या भएको बताउनु भयो ।
बैज्ञानिक प्रणालीबाट पानीको व्यवस्था गरि  तत्कालका लागि समस्या समाधान गर्ने बताउनु भयो ।वडा नम्वर ८ का अध्यक्ष भीम बहादुर श्रेष्ठले बुवलका वडा नम्वर ७ र ८ का बासिन्दा अहिले खानेपानीको समस्यामा परेकाले बोरिगंको योजना अघि सारिएको बताउनु भयो । उहाले स्थानीय उपभोक्ताको ३ लाख रुपैया र बाकी नगरपालिकाको लगानीमा बोरिगं गाडीने जानकारी गराउनु भयो । उपभोक्ता समितिका संयोजक गम प्रसाद रेश्मीको सभापतित्व र सचिव देबि प्रसाद पौडेलको सञ्चालनमा शिलान्यास कार्यक्रम भएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top