तीन दिनको 'मौसमी जानकारी': मेघ गर्जन सहित वर्षाको संभावना

समाज बैशाख १६ २०७६ ekhabarnepal
777777

काठमाडौं । आज देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक  बदली र बांकि भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पूर्वी भेगका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाको अनुमान रहेको छ ।

आज राति देशको पूर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदली हुने तथा  मध्य र पश्चिमी पहाडी भेगमा आंशिक बदली तथा  बाँकी भूभागमा मौसम सामान्यतया  सफा रहने जनाइएको छ । देशका पूर्वी पहाडी भेगका थोरै स्थानमा तथा  मध्य र पश्चिमी पहाडी भेगका केही स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, भोलि मंगलबार देशको पूर्वी भूभाग लगायत मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक  बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशका पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि राति देशका पहाडी भेगमा मौसम आंशिक देखि सामान्य बदली रहने समेत जनाइएको छ । देशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशको पश्चिमी पहाडी भेगमा सामान्य बदली, मध्य र पूर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागमा मौसम आंशिक बदली रहने जनाइएको छ । देशका पश्चिमी पहाडी भेगका केही र बाँकि पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी सोही राति देशको पश्चिमी पहाडी भेगमा सामान्य बदली, मध्य र पूर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदली र बांकि भूभागमा मौसम आंशिक बदली रहने जनाइएको छ । देशका पहाडी भेगका केही स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top