राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार 

समाज बैशाख १६ २०७६ ekhabarnepal
1

 राष्ट्रपति भण्डारी र जापानी उपप्रमुखबीच भेटवार्ता 

 रासस  | बैशाख १६, २०७६ बेइजिङ :  राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेकी छन्।  स्मारकस्थल पुग्दा उनलाई  चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गरेका थिए।  उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य तथा नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो। 

 राष्ट्रपति भण्डारी र जापानी उपप्रमुखबीच भेटवार्ता 


 
राष्ट्रपति विद्यादेवी भण्डारीसँग साेमबार बिहान जापानको सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गर्‍यो ।  
उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताइन्। उनले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भनी प्रशंसा समेत गरिन्। 
 उपप्रमुख तोशिहिरो निकाइले दुई मुलुकको सम्बन्ध सकारात्मक भएको र नेपालमा महिला सशक्तीकरणका प्रयासका उदाहरण महिला स्वयं राष्ट्रपति भएकोबाट प्राप्त हुने र यसबाट जापानले पनि सिक्नसक्ने बताए।  भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो। 
 

प्राप्त प्रतिकृयाहरू

To Top