अभिनेत्री रेखा थापा:'एनसेल विरुद्ध अग्रसर बनि दवाव दिनुपर्छ'

अर्थ बैशाख १५ २०७६ ekhabarnepal
43434

काठमाडौं बैशाख १५,
 चर्चित अभिनेत्री रेखा थापाले एनसेलबाट अरर्बाैको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवाहरुलाई आह्वान गर्नु भएको छ ।

आईतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै चलचित्र निर्मात्री समेत रहनु भएकी अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसको विरुद्ध युवाहरु अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले एनसेलले करिव ४० अरव पूँजीगत लाभकर बुझाउन बाँकि रहेको उल्लेख गर्दै त्यसको कार्यालयमा ताला लगाउन पनि सरकारलाई आग्रह गर्नु भयो । एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यस विरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाई छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिवक्ता डा. सुरेन्द्र भण्डारीले एनसेलको पूँजीगत लाभकर असुली नभएसम्म त्यसको सिम कार्ड बहिष्कार गर्न पनि सबैलाई आह्वान गर्नु भयो । उहाँले सरकारले एनसेलको पूँजीगत लाभकर असुली गर्ने नदेखिएपछि आफूहरुले असुलीका लागि सर्वसाधारणलाई दवाव दिन आह्वान गर्नु परेको पनि स्पष्ट पार्नु भयो ।

एनसेलले हाल करिव ४० अरव पूँजीगत लाभकर असुली गर्न बाँकि छ । तर सरकारले त्यसलाई उठाउन चासो नदिएको नागरिक अगुवाहरुले गुनासो गरिरहेका छन । उनीहरुले पूँजीगत लाभकर असुली नभएसम्म एनसेललाई कारोबार गर्नबाट बञ्चित गराउन पनि सरकारलाई दवाव दिँदै आएका छन ।

प्राप्त प्रतिकृयाहरू

To Top