श्रीलङ्कामा संकटकालिन अवस्था: उच्च अधिकारीद्वारा राजीनामा

विश्व बैशाख १३ २०७६ ekhabarnepal
777777777777

काठमाडौं बैशाख १३,
  श्रीलङ्कामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजीनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजिनामा दिएका छन् ।

आत्मघाती हमलामा परी झण्डै ३६० जनाको ज्यान गएकोमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरूले पर्याप्त प्रयास नगरेको उच्च सरकारी अधिकारीहरूको ठहर छ ।बर्खास्त गर्ने निर्णय भएकाले तत्काल पदबाट राजीनामा दिन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले केही उच्च सुरक्षा अधिकारीहरूलाई यसअघि नै निर्देशन दिएका थिए ।

उनको निर्देशन अनुसार नै सैन्य कर्मचारीतन्त्रका अति वरिष्ठ सरकारी अधिकारी हेमासिरि फेर्नान्डोले राष्ट्रपति सिरिसेनालाई राजिनामा पठाउनुभएको छ ।नाम नबताउने शर्तमा राष्ट्रपति कार्यालयका एक अधिकारीले भने “हेमासिरिले घटनामा आफ्नो दोष रहेको स्वीकार गर्दै राष्ट्रपति सिरिसेनालाई राजीनामा बुझाउनु भएको छ ।”

श्रोतका अनुसार अन्य केही उच्च अधिकारीहरू पनि राजीनामाको तयारीमा रहेका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top