एक वर्ष सम्म लुम्बिनी भ्रमण वर्ष मनाउने प्रदेश सरकारको तयारी

समाज बैशाख ११ २०७६ ekhabarnepal
948099658img 4671


बुटवल,बैशाख ११ ।
लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन विशेष तयारी गरिएको छ । आगमी यो वर्षको बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत्र शुक्ल पूर्णिमासम्म भ्रमण मनाउने गरी प्रचार प्रसारलाई तीव्रता दिइएको छ ।
आगमी जेठ ४ गते विशेष कार्याक्रमका साथ लुम्बिनी भ्रमण वर्ष शुभारम्भ समारोहको आयोजना गरिंदै छ । समग्र लम्बिनी भ्रमण वर्ष २०७६ र भ्रमण वर्ष मूल समारोह सफल बनाउने विषयमा आज बुटवलमा अन्तरक्रिया गरिएको छ ।
प्रदेश नम्बर पांच पर्यटन मन्त्रालयको आयोजनामा उक्त अन्तरक्रिया आयोजना गरिएको हो । त्यस अवसरमा बोल्दै प्रदेश पांचका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले लम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन सरकारको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले मिडिया, नीजि क्षेत्र र पर्यटन व्यवसायीको सहयोग आवश्यक पर्ने बताउनुभयो।
उहाले लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी प्रचार प्रसारको थप आवश्यक्ता परेको उल्लेख गर्दै प्रचार प्रसारको कमी रहेको बताउनुभयो । मन्त्री गिरीले आगमी वर्षलाई केन्द्रित गरेर २५ लाख दर्शक लुम्बिनीमा भित्राउने गरी लुम्बिनी भ्रमण वर्ष २०७६ लाई व्यपाकता बनाउनु पर्ने बताउनुभयो । लुम्बिनी भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न प्रदेशका मुख्यमुख्य ठाउं र प्रदेश नम्बरको मुख्यमुख्य ठाउंमा पत्रकार सम्मेलन र अन्तरक्रिया गरेर व्यापकता गराउने बताउनुभयो ।
लुम्बिनीमा विदेशी महिलाहरुले बच्चा जन्माउ सक्ने खालको स्तरीय अस्पताल स्थापना गरिनु पर्ने र त्यसका लागि संघीय सरकारसंग समन्वय गरिने बताउनुभयो ।
उहाले लुम्बिनीको गुरुयोजना आगमी त्नि वर्ष भित्र सम्पूर्ण पूर्वाधार तयार गर्नेगरी काम भैरहेको बताउनुभयो । 
मन्त्री गिरीले पत्रकार सम्मेलनमा प्रस्तुत गर्नुभएको विज्ञप्तिमा भनिएको छ,
 प्रदेश सरकारले प्रदेश नम्बर ५ लाई मिनि नेपालको रुपमा प्रस्तुत गर्दे ‘समृद्ध प्रदेश खुसी जनता’ को नारा प्रस्तुत गरेको ब्यहोरा यहाँहरुलाई अवगतनै छ । यो नारालाई मूर्त रुप दिन तत्कालका लागि कृषिलाई उच्च प्राथमिकता दिने र  पर्यटन उद्योगलाई आर्थिक समृद्धि र दिगो विकाससंग जोड्ने विषयलाई प्राथमिकता दिने नीति अपनाइएको छ । यही नीति अनुसार पर्यटनको विकासका लागि यो वर्षलाई लुम्विनी भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरिएको ब्यहोरा अवगत गराउन चाहन्छु । 
प्रदेश नं. ५ पर्यटनको हिसावले असाध्यै उर्वरभूमि छ । लुम्विनी महामानव गौतमवुद्वको जन्मस्थल हो । विश्व सम्पदा सूचिमा सूचिकृत स्थान हो । वुद्वका चारधाम मध्ये एउटा महत्वपूर्ण धाम लुम्विनी हुनुको कारण विश्वभरिका डेढ अर्व वौद्यमार्गीहरुको लागि यो आकर्षक तीर्थस्थल हो । ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक हिसावले पनि यो स्थान पर्यटकहरुका लागि उत्तिकै महत्वपूर्ण छ । जीवनमा एक पटक बुद्धको पावन जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका दुनियाँभरिका डेढ अर्व बुद्धमार्गीहरुलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्न सकिन्छ । जसबाट नेपालको पर्यटन उद्योगमा विल्कुलै नयाँ अवस्था सिर्जना हुने निश्चित छ । 
कुरा यति मात्र हैन २५ औं बुद्ध क्रकुच्छन्द र २६ औं बुद्ध कनकमणि कपिलबस्तुको गोटीहवा र अरोराकोटमा जन्मेका हुन् । वौद्य संस्कृति र सभ्यताको हिसावले  कपिलवस्तु खुला संग्राहालयनै हो । त्यसवाहेक बुद्धको मावली देवदह, कोलिय सभ्यताको केन्द्र रामग्रामदेखि सैनामैनासम्मका दर्जनौं ऐतिहासिक पुरातात्विक स्थलहरु पर्यटक आकर्षण गर्ने हाम्रा अमूल्य श्रोत हुन् । लुम्विनीलाई ग्रेटर लुम्विनीको रुपमा विकास गर्दा कपिलवस्तु र नवलपरासीसमेतलाई वौद्यमार्गीहरुको आकर्षक स्थल वनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ । यही विश्वासका कारण ०७६ साललाई प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्षको रुपमा घोषणा गरेको छ । यो वर्षको बुद्ध पूर्णिमा देखि अर्को वर्षको बुद्ध पूर्णिमासम्म भ्रमण वर्षको रुपमा प्रचारप्रसार गर्ने, स्वदेश तथा विदेशवाट पर्यटकहरुलाई आकर्षण गर्ने, यसको विकासका लागि भौतिक संरचना निर्माणदेखि अन्य स्थानसंग जोडेर लैजाने लैजाने, नेपालीहरुमा पनि भ्रमण सस्कृतिको विकास गर्नेजस्ता यावत् कामहरु यस वर्ष गरिने काम हुन् ।  

 लुम्बिनी भ्रमण वर्ष २०७६ सचिवालय संयोजक लोकनाथ सापकोटाले लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश पांचमा रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गनर्न आवश्यक रहेको बताउनुभयो  । प्रदेश पांचका विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई लुम्बिनीसंग जाड्नु पर्ने उहाको भनाइ छ । 
लुम्बिनी भ्रमण वर्ष प्रचार प्रसार समितिका संयोजक भरत केसीको अध्यक्षता र टुकराज पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
यस अवसरमा सरसफाइतथा सौन्दर्यीकरण, मायाँदेवी प्रसुति उत्सव, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायाँदेवी मन्दिरमा दैनिक दीप प्रज्जवलन, मासिक फुल मून डे, त्रिपिटिक वाचन, योग तथा ध्यान शिविर आदि कार्यक्रम गरिने छ ।
    
 

प्राप्त प्रतिकृयाहरू

To Top