तिलोत्तमामा विद्युतीय धरापमा हत्या, शव गाडिएको अवस्थामा फेला पर्यो

समाज बैशाख ११ २०७६ ekhabarnepal
4

 बुटवल,बैशाख ११ ।
 रुपन्देहीको तिलोत्तमा नगरपालिका -११ भूपू सैनिकटोलका मीनबहादुर गौतमको विद्युतीय धरापमा पारेर हत्या भएको छ ।

वैशाख १ गतेदेखि हराएका गौतमको खोजतलास गर्दा हत्यापछि शव गाडिएको अवस्थामा फेला परेको हो ।
 बदेल मार्नका लागि स्थानीय युवा चन्द्रबहादुर थापा, नरबहादुर पुन र उपेन्द्रबहादुर शाहले थापेको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको र मृत्युपछि शव लुकाउन जंगलमा गाडिएको प्रहरीले जनाएको छ ।देवदह नगरपालिका–९ को जंगलमा गौतमको शव फेला परेको छ । स्थानीय रोहणी खोलामा थापिएको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको थियो ।

प्रहरीले विद्युतीय धराप थाप्ने र शव जंगलमा गाड्ने अभियुक्तहरूलाई पक्राउ गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top