डडेलधुरा बस दुर्घटनामा ५ को मृत्यु

समाज बैशाख ११ २०७६ ekhabarnepal
Images cms image 000072996

काठमाडौं बैशाख ११

डडेलधुरामा बुधबार बिहान बस सडकबाट खाेल्सामा खस्दा ५ जनाको मृत्यु भएको छ। २५ भन्दा बढी घाइते भएका छन्।

डडेलधुरा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ साहुखर्कमा बिहान ४ः५० बजे दुर्घटना भएको हो। दुर्घटनामा दुई महिला र ती पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

बस भिरालो सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

मृततको सनाखत हुन सकेको छैन। घाइतेहरूलार्ई उद्धार गरी अस्पताल पठाइएको छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top