कांग्रेसका नेता ताम्राकारको निधन 

राजनीति बैशाख १० २०७६ ekhabarnepal
Ramkrishna tamrakar 2019 04 23

बुटवल ,बैशाख  १० । नेपाली कांग्रेसका पूर्व केन्द्रिय कोषाध्यक्ष पूर्व मन्त्री रामकृष्ण ताम्राकारको निधन भएको छ । पूर्वमन्त्री ताम्राकार २०४८ र २०५६ सालमा रुपन्देहीबाट सांसदमा निर्वाचित भएका थिए । निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना भएका ७५ बर्षीय नेता ताम्राकारको दिउँसो ३:४५ बजे अल्का अस्पतालमा निधन भएको काँग्रेसले जनाएको छ ।     

पूर्व स्वास्थ्य र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रहेका नेता ताम्राकारले पार्टीको ११ औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए । भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै आएका थिए ।
 यसैवीच रुपन्देही कांग्रेसले एक विज्ञप्तिमार्फत् गहिरो दुःख व्यक्त गरेको छ । ताम्राकारको निधनले रुपन्देही कांग्रेस अभिावक विहिनजस्तै भएको भन्दै शोकलाई शक्तिमा वदलेर अघि बढ्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ । 
पार्टी सभापती अब्दुल रज्जाक र सचिव रामकृष्ण खांंणद्धद्वारा जारी विज्ञप्तीमा १३ दिनसम्म जिल्लामा पार्टीका कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्ने वताईएको छ  । भोलि बुधबार नै पार्टी कार्यालय भैरहवामा शोक पुस्तिका राख्ने र नेता ताम्राकारप्रति श्रदाञ्जली व्यक्त गर्ने कार्यक्रम रादिएको छ ।  
काठमाडौंमा उपचारकै क्रममा ताम्रकारको मंगलवार निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रदाञ्जलीका लागि बुधबार विहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने र भोलि नै पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिने छ । नेता ताम्रकारका १ छोरा र १ छोरी  छन् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top