आमाको आशीर्वाद लिएर 'प्रधानमन्त्री मोदी मतदान केन्द्रमा'

विश्व बैशाख १० २०७६ ekhabarnepal
4534345 modii

काठमाडौं वैशाख १०,
भारतमा लोकसभाको तेस्रो चरणको मतदान केन्द्रमा भोट हाल्न जानुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको आशीर्वाद लिएका छन् ।
भारतका १३ राज्य र दुई केन्द्र शासित प्रदेशका ११६ लोकसभा सिटका लागि आज मतदान भइरहेको छ । सात चरणका मतदानमध्ये तेस्रो चरणको यो चुनावलाई धेरै चासोका साथ हेरिएको छ । किनभने भाजपा अध्यक्ष अमित शाह, कांग्रेस अध्यक्ष राहुल गान्धी, जया प्रदा र आजम खानसहितका ठूला नेताहरुको भविष्य यही चुनावले निर्धारण गर्ने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गुजरात पुगेर आज मतदान गरेका छन् । मतदान गर्न जानुअघि उनले आमा हिराबेनको आशीर्वाद लिएका थिए । उनले आमालाई भेटेर पाउ ढोगे । अनि सल उपहार दिएर मिठाइ खुवाए । यसैक्रममा आमा हिराबेनले पनि मोदीलाई निधारमा रातो टीका लगाइदिइन् र मिठाइ खुवाइन् । भोट हाल्न जानुअघि मोदीले आमासँग भेटेको तस्वीर भाइरल भइरहेको छ । सन् २०१४ को लोकसभा चुनाव जितेपछि पनि मोदी आमालाई भेट्न गएका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top