बुधबारसम्मको मौसमी विवरण: केही स्थानमा हुरीबतास ,वर्षाको सम्भावना

समाज बैशाख ९ २०७६ ekhabarnepal
7676

काठमाडौं ।जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हुरीबतास तथा हल्का वर्षा हुने जनाएको छ ।

आज राति देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा केही स्थनामा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान रहेको छ । यसैगरी, भोलि मंगलबार दिउँसो देशका पूर्वी तथा मध्य क्षेत्रलगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागहरुमा आंशिक बदली रहने जनाइएको छ ।  पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हुरीबताससहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

भोलि राति देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली हुने तथा पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हुरीबताससहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी बुधबार दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने तथा  अन्य भू–भागमा आंशिक बदली रहने जनाइएको छ । पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हुरी, बतास सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार राति देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हुरी बताससहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाको बुलेटिनमा पछिल्ला दिनमा चट्याङ र हावाहुरी टुट्न छोडेको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top