सैनामैनामा आँखा अस्पताल शुभारम्भ 

समाज बैशाख ७ २०७६ ekhabarnepal
1

सैनामैना  ०७ वैशाख 
आँखाका विरामीहरुले अब भौतारिएर अन्त धाउनु पर्ने बध्यताको अन्तय हुने आज एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सैनामैनाको पर्र्रोहा स्वास्थ्य चौकीमा संचालन हुने नियमित निशुल्क आँख शिविर कार्यक्रमको उद्घाटनका क्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन्  । 
प्रदेश ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले स्थानिय, प्रदेश, तथा संघिय तिन ओटै सरकारका तहहरुले स्वास्थ्यका क्षेत्रमा आवश्यक निति नियम तथा बजेट विनियोजन गर्दै तिन ओटै सरकारसंगको सहकार्यमा स्वस्थ्य समस्यको हल गरिने बताउनु भयो । सैनामैना लगाएत प्रदेश अन्तरर्गतका आँखाका विरामीहरुले दृष्टिबिहिन भएर बस्ने बाध्यताको अन्त्य हुने मन्त्री बरालले बताउनु भयो ।  
राजनितिक स्थिरता समाप्त भएकोले आर्थिक समृद्धि, समाजबाद तर्फ समाजलाई लैजाने जिम्मेवारी जनप्रतिनिधिहरुको भकोले भौतिक विकाससंगै  स्वास्थ्यको विकास गर्न जरुरी रहेको उहाँंले बताउनु भयो । 
राज्यको तीन ओटै तहहरुसंग सहकार्य गरेर संयुक्त लागनीमा कुपोषण मलेरिया, क्यान्सर आखाँको अस्पताल लगाएत स्वास्थ्य क्षेत्रको विकास गरिने मन्त्री बरालले बताउनु भयो । 
प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले बाटो घाटो मात्र विकासका कार्य नभई शिक्षा स्वास्थ्य, खानेपानी संचार लागाएत अवाश्यक पर्ने दैनिक जीवनका लागि चहिने सम्पूर्ण विकासका पूर्वाधारको अवाश्यकता पूर्ति भए मात्र समाजको विकास हुने बताउँदै स्थानिय, प्रदेश तथा संघिय सरकार र विभिन्न संघ सस्थाको सबैको सहकार्यमा  ति कुराको विकास गर्न जरुरी रहेका बताउनु भयो । अहिले आँखाका विरामीहरुले चितवन, काठमाण्डौ,  भारतलगाएत विभिन्न ठाउमा उपचारका लागि जानु पर्ने बध्यता रहेकोले त्यसलाई विस्तारै सरकारको प्रथमिकतामा त्यो समस्यको हल गरिने प्रदेशसभा सदस्य श्रेष्ठले बताउनु भयो । 
श्री रण अम्विका शाह आँखा अस्पताल भैरहवाका अध्यक्ष सागर प्रताप राणाले गरिव तथा उपचारबाट बन्चित भएकाहरुलाई सहयोग गर्दै आएको कुरा बताउदै रण अम्बिका आँखा अस्पतालले सैनामैनामा संचालित निशुल्क नियमित शिविरले स्थानियहरु लाभान्वित हुने बताउनु भयो । 
सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले सैनामैना नगरपालिकाको  सहयोग सधै रहने भन्दै आवश्यक पर्ने उपकरण औषधी लगाएत संचालनका निम्ति चाहिने बजेट नगरपालिकाले उपलब्ध गराउने बताउनु भयो । 
सम्पन्न कार्यक्रममा सैनामैना नगरपालिकाका प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारी, श्री रण अम्बिका आँखा अस्पतालकी मेडिकल चिफ डाइरेक्टर प्रोफेसर डा.नन्दा गुरुङ्ग, मेरुदण्ड बचत तथा क्रृण सहकारी संस्थाका सचिब चाम बहादुर क्षेत्री लगाएत आँखा उपचार सैनामैनामा सुरुवात भएको र यसको आधुनिक विकास संगै गुणस्तरिय सेवा दिनु पर्ने कुरा बताउनु भयो । 
साथै आजै नेपाल नेत्र ज्योति संघ लुम्विनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पताल शाखा कार्यालय सैनामैना ३ मुर्गियाको पर्रोहा हेल्थ पोस्टमा उद्घाटन भएको हो । आँखा अस्पताल उद्घाटन भए संगै आज देखि नै अब नियमित उपचार हुने सो कार्यक्रममा बताईको छ । 
उद्घाटन कार्यक्रम सैनामैना नगरपालिका र मेरुदण्ड बचत तथा क्रृण सहकारी सस्था सैनामैनाको आयोजनामा सम्पन्न भएको भयो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top