प्रधानमन्त्री ओली कावासोती नवलपुरमा 'सुरक्षा व्यवस्था कडा'

राजनीति बैशाख ६ २०७६ ekhabarnepal
7676876

कावासोती बैशाख ६,
 प्रधानमन्त्री केपी शर्मा ओली नवलपुर आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

नवलपुरको सदरमुकामका रुपमा रहेको कावसोतीमा आवश्यक सरकारी कार्यालयहरू एकीकृत रुपमा स्थापनाको लागि शिलन्यास गर्न शनिबार प्रधामन्त्री ओली नवलपुरको सदरमुकाम कावासोती आउन लागेको हो ।एक सय ७९ बिघा क्षेत्रफलमा फैलिएको जग्गामा स्थानीय, प्रदेश र संघ अन्तर्गतका कार्यालयहरू स्थापना गर्ने योजना अनुसार प्रधानमन्त्री ओली शिलन्यासका लागि भोलि कावासोती आउने प्रतिनिधिसभा सदस्य तिलक महतले जानकारी दिनु भएको छ ।

केही समय अघिमात्र साँसद महतकै पहलमा नेपाल सरकारको नाममा ल्याइएको कावासोती नगरपालिका वडा नम्बर ३ स्थित जग्गामा जिल्लामा आवश्यक पर्ने सरकारी कार्यालयहरू स्थापना गरिने भएको हो ।

एकीकृत रुपमा कार्यालय व्यवस्थापन गर्दा नागरिकहरुले एकै स्थानबाट सबै सेवाहरू सहज रुपमा लिन सक्ने भएकाले अहिले छरिएर रहेका सरकारी कार्यालयहरु एकै ठाउँमा व्यवस्थित गर्न लागिएको साँसद महतले बताउनु भयो ।

भोलि प्रधानमन्त्री ओलीसहित राष्ट्रिय सभा अध्यक्ष, अर्थमन्त्री, भौतीक पूर्वाधार मन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका नेताहरु कावासोती आउने कार्यक्रम छ । प्रधानमन्त्री सहितका शिर्ष नेताहरु कावासोती आउनेभएपछि जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

जिल्ला सुरक्षा संयन्त्रको बैठकले प्रधानमन्त्री लगायतको सुरक्षामा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्लाका विभिन्न ठाउँमा सादा पोशाकका प्रहरी परिचालन गरिनुका साथै तिनै तहका सुरक्षा निकायले सुरक्षा दिनेछन् ।

विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री पुग्ने जिल्ला बन्द गर्ने पूर्व्निर्धा्रित कार्यक्रम भने नवलपुरमा स्थगित गरेको छ । बिहिबार मात्रै बन्द गरिएकाले सर्वसाधारणलाई थप मर्का हुने भन्दै शनिबार नवलपुर बन्द नगरिने पार्टीले विज्ञप्ती मार्फत जानकारी दिएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top