शनिवार जीतगढीउत्सवको अवसरमा 'प्रधानमन्त्री ओली र पुर्वप्रधानमन्त्री प्रचण्ड बुटवल'आउदै

समाज बैशाख ५ २०७६ ekhabarnepal
7868

बुटवल ।
अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरे को खुशियालीमा बुटवलको जीतगढी किल्लामा पर्सी शनिवार विजय उत्सव मनाइदै छ ।
२०४ वर्षअघि कर्णेल  उजिरसिंह थापाको कमाण्डले अंग्रे जहरुलाई पराजित गरे पछि बुटवलको तिनाउ नदी किनारमा रहे को किल्लाको नाम जीतगढी राखिएको थियो ।गतवर्षदेखि नेपालले अग्रेजलाई पराजित गरेको दिन  जीतगढीमा विजयो त्सव उत्सव मनाउन सुरु गरीएको हो ।यस पटक पर्सी दोश्रो बिजयोत्सवको दिन  जीतगढी किल्ला परिसरमा निर्माण गरीएको कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने र शालिकको छेउँमा विशाल राष्ट्रिय झण्डा फहराइने कार्यक्रम रहेको छ । शालिक अनावरण र झण्डोत्तोलन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ ।

बिजयोत्सव समारोहमा प्रधानमन्त्री ओली सहित पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री इश्वर पोखरेल लगायतका शीर्ष नेता बुटवल आउने कार्यक्रम रहेको छ ।
बिजयोत्सवलाई भब्य बनाउन जीतगढीमा बिशेष तयारी गरीएको छ ।नेपाली सेनाले तत्कालिन युद्धको प्रर्हशन गर्ने तयारी गरेको छ । मञ्च निर्माण, स्वागतद्धार निर्माण सरसफाई लगायतका काम भईरहेका छन ।बुटवल उपमहानगरपालिकाले ऐतिहासिक दिनको उत्सवलाई ऐतिहासिक बनाई जीतगढीलाई राष्टिय अन्तर्राष्टिय क्षेत्रमा व्यापक प्रचार प्रसार गर्ने कार्यको सुरुवाद गरेको बताउनु भयो ।


बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले यस पटकको उत्सव पश्चात गुरुयोजना बनाई जीतगढीको संरक्षण, प्रवद्र्धन र बिकास गरीने बताउनु भयो ।

प्राप्त प्रतिकृयाहरू

To Top