सैनामैनामा बालबालिका तथा महिलालाई तालिम 

अर्थ चैत्र २७ २०७५ ekhabarnepal
Palour traning


टिका खरेल 
सैनामैना चैत्र २७
सैनामैनामा बार्ड नं ३ मा रहेका ११ वटा बाल क्लबका संस्थाका बालबालिकालाई   आज बाट ५ दिने नेतृत्व बिकास तालिम सुरु भएको छ । 
  बालबालिकाको नेतृत्व र क्षमताको बिकास गर्नको निम्ती  तालिमको आयोजना गरिएको सैनामैना नगरपालिकाउपप्रमुख बिना रानाले बताउनु भयो । कलिलो बाल मष्तिस्कमा आजै बाट नैतिक शिक्षाको ज्ञान दिनु पर्ने समेत उपप्रमुख रानाले बताउनु भयो । 
बालबालिको नेतृत्व गर्ने क्षमताको बिकास गर्नको निम्ती यो तालिमको आयोजना गरिएको सैनामैना बार्ड नं ३ का  वडा अध्यक्ष रत्न बहादुर पौडेलले बताउनु भयो । तालिममा सरसफाई,मेलमिलाप तथा अन्य सामाजिक बिषयमा समेत प्रशिक्षण दिईने अध्यक्ष पौडेलले बताउनु भयो । 
तालिममा सैनामैना वार्ड नं ३ का करिब ४५ बालबालिका सहभागी भएका थिए भने तालिम ५  दिन सम्म संचालन हुने छ । 
    कार्यक्रममा सैनामैना  कार्यपालिका सदस्य सबिता भुषाल भण्डारी, प्रशिक्षक क्रृषि न्यौपाने, सैनामैना ३ का वडा सदस्य भिम खडरका , सुन ब. पुन,पुनासरा सेती लगायतले बोलेका थिए । 

महिलालाई स्वरोजगार बनाउन तालिम 
धेरै महिला पछिल्लो समयमा ब्युटिसियन तालिमप्रति आकर्षित हुन थालेका छन । आफ्नो व्यक्तिगत स्वास्थ्य, सौन्दर्य र स्वरोजगारलगायतका कारण यसतर्फ अहिले धेरै महिलाको आकर्षण बढेको हो ।
महिलाहरूलाई स्वरोजगार बनाउन सैनामैनाले अहिले यस क्षेत्रमा विशेष सहयोग गरी महिलाहरूलाई ब्युटिसियन तालिम दिन थालेको छ । यसले गर्दा महिलाहरूले निःशुल्क रूपमा सीप सिकेर त्यसलाई व्यवहारमा उतार्ने मौका पाउने छन । आज एक समारोहका बिच सैनामैना वार्ड नं ८ को बासगढीमा तालिमको उद्घाटन गरिएको हो । 
    सिप सिकाएर सबैलाई स्वरोजगार बनाउने योजना अनुरुप तालिम संचालन गरिएको सैनामैनाका नगर उपप्रमुख बिना रानाले बताउनु भयो । “महिलाहरु आफ्नो खाली समयको उपयोग गर्दै आय आर्जनमा लाग्न सकुन भन्ने उद्धेश्यले महिलालाई लक्ष्ति गरी यो तालिम संचालन गरिएको हो” रानाको भनाई थियो ।   
यस्तो तालिम लिँदा महिलाहरूलाई आत्मनिर्भर बनाउन निकै सजिलो हुने सैनामैनाका वार्ड नं ८ का वडाअध्यक्ष रामशरण न्यौपानेले बताउनु भयो  । 
पार्लर ब्यवसायमा अहिले दर्जनौं मानिसले रोजगारी पाइरहेको र अन्य कुनै पेसा व्यवसायभन्दा यो व्यवसाय कमजोर नभएको सैनामैनाका नगर सदस्य तथा कार्यक्रमका संयोजक ईश्वरीभण्डारीले बताउनु भयो ।
सैनामैनाका वार्ड ८ मा रहेका महिलाहरुलाई ४५ महिने निशुल्क ब्यूटिसियन तालिम वार्डले सुरु गरेको हो । तालिममा ३० जना महिला सहभागी भएका छन ।

          कार्यक्रम लुम्बिनी तिनाउ सामुदायिक पुस्ताकालयका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षता तथा सैनामैनाका नगर उपप्रमुख बिना रानाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top