राप्रपाको आन्दोलनमा लाठी चार्ज,कमल थापा घेरा हाली बाहिर

राजनीति चैत्र २५ २०७५ ekhabarnepal
3

काठमाडौं, चैत २५

हिन्दुराष्ट्रको माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपाको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । संबिधानबिपरित हिन्दुराष्ट्रको नाममा सडकमा अवरोध सिर्जना गरेपछि प्रहरीले राप्रपाको प्रदर्शनमा हस्तक्षेप गरेको हो । हस्तक्षेपका क्रममा झडप हुँदा एक सय भन्दा धेरै नेता कार्यकर्ता घाइते भएका छन् ।

यस क्रममा प्रहरीले राप्रपाका अध्यक्ष कमल थापा सहित केही केन्द्रीय नेताहरुलाई प्रहरीले घेरा हाली बाहिर पठाएको थियो । काठमाडौंको पुतलिसडकमा भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो । राप्रपाका नेताहरुको आन्दोलनका कारण सडक नै जाम भएपछि प्रहरीले बल प्रयोग गरी हटाउन खोज्दा झडप भएको हो ।

हटाउन खोज्दा आक्रमण गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । लाठी चार्जबाट सयभन्दा बढी कार्यकर्ता घाइते भएको दावी राप्रपाले गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top