नायब सुब्बा मण्डल '४० हजार घुस सहित पक्राउ'

अर्थ चैत्र २५ २०७५ ekhabarnepal
5455646

सप्तरी चैत २५,
 राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरी कार्यालयको टोलीले उनलाई सोमबार बिहान कार्यालय खुल्न डेढ घण्टा अगावै सेवाग्राहीसँग घुस लिँदालिँदै कार्यालयको कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । बिहान साढे आठ बजेतिर एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइ दिन्छु भन्दै ४० हजार रुँपैया घुस लिदालिँदै नासु मण्डललाई अख्तियारको टोलीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका अनुसार सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी नासु मण्डल ५८ वर्षे सेवा अवधी पुरागरि दुई दिनपछि नै सेवानिवृत हुन लागेका हुन् । पक्राउ परेका नासु मण्डललाई थप अनुसन्धानका लागि क्षेत्रिय कार्यालय इटहरी लगिएको अख्तियारको टोलीले जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top