'पब्जी' खेलकै कारण किशोरले गरे 'आत्महत्या'

खेल चैत्र २४ २०७५ ekhabarnepal
43434

एजेन्सी चैत २४,
भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पब्जी खेलका कारण आत्महत्या गरेका छन् । आमाले पब्जी नखेल भनेर गाली गरेकै कारण बालकले आत्महत्या गरेको सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ ।

घटना केही दिन अगाडिको हो ती किशोरले आत्महत्या गरेपछि १६ वर्षीय किशोर कालाकुरी शाम्बाशिवका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पबजी) प्रतिबन्ध लगाउन माग गरेका छन् ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार परीक्षाको बेला पब्जी खेली रहेका किशोरलाई अङ्ग्रेजी परीक्षाको तयारी गर्न उनकी आमाले पढ भनेर कर गरेका थिए । आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेको घर आफ्नै कोठामा फ्यानमा झुण्डेर आत्महत्या गरेको जनाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top