'पूँजी बजारमा विदेशी लगानी' भित्र्याउने योजना

अर्थ चैत्र २१ २०७५ ekhabarnepal
435345

काठमाडौं चैत २१,
 अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारमा पनि विदेशी लगानी भित्र्याउने योजना अघि सार्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको पनि स्पष्ट पार्नु भयो । बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलनको उद्घाटन गर्दै उहाँले पूँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एशीयाली राष्ट्र अलि पछि परेको उल्लेख गर्दै त्यसमा पनि विदेशी लगानी आवश्यक रहेकोे तर्क पनि गर्नु भयो ।

अर्थमन्त्री खतिवडाले नेपालसहित दक्षिण एशीयाली मुलुकहरुले विदेशी लगानी आकर्षित गरिरहेको उल्लेख गर्दैै नेपालको पनि जल विद्युत क्षेत्र विदेशी लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको पनि जानकारी दिनु भयो ।

अर्थमन्त्री खतिवडाले नेपाल लगानीका लागि उपयुक्त थलो रहेको पनि दोहो¥याउनु भयो । उहाँले लेखा परीक्षणको कामलाई स्तरोन्नति गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । ३ दिने सो सम्मेलनमा आर्थिक विकासका लागि आवश्यक लेखा प्रणालीका विविध विषयमा छलफल हुने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स (आईक्यान)का अध्यक्ष जगन्नाथ उपाध्यायले जानकारी दिनु भयो ।

प्राप्त प्रतिकृयाहरू

To Top