नेपाल सरकारको नीतिगत स्थिरता :'लगानीको राम्रो अवसर'

अर्थ चैत्र १५ २०७५ ekhabarnepal
78784444444

काठमाडौं चैत १५,
 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता पनि भएकोले लगानीको राम्रो अवसर रहेको बताउन भुएको छ । नेपाल लगानी सम्मेलन २०७५ को आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले भन्नु,भयो “नेपालमा अहिले स्थिर सरकार,नीतिगत स्थिरता र सुस्पष्ट लक्ष्यका साथ अघि बढेको सरकार छ ” प्रधानमन्त्री ओलीले भन्नु भयो“म तपाईंहरुलाई मेरो विकासको सपनालाई मूर्तता प्रदान गर्न ७५ वटा भन्दा बढी आकर्षक परियोजनाहरु प्रष्तुत गर्दैछु ।”

प्रधानमन्त्री ओलीले नेपाल नेपालीको लामो समय देखिको सामाजिक र आर्थिक रुपान्तरणको सपना पुरा हुदैछ भन्ने आफूलाई विस्वास लागेको बताउनुभएको छ ।विभिन्न देशबाट आउनु भएका लगानी कर्ताहरुलाई अपार अवसर भएको क्षेत्रमा लगानी गरी ३ करोड इमान्दार र मेहनती जनताको जीवन स्तर उकास्न सहयोग गर्नुस भन्ने आह्वान समेत गर्दछु”प्रधानमन्त्री ओलीले भन्नु भएको छ ।

प्रधानमन्त्री ओलीले सरकारले आधार बर्षको रुपमा गएको एक बर्षलाई नीतिगत र कानुनी सुधार बर्षको रुपमा लिएको बताउनु भयो । “यसबीच हामीले संविधानलाई कार्यान्वयन गर्न कैयन कानुनको निर्माण गरेका छौं ” प्रधानमन्त्रीओलीले भन्नुभयो “नयाँ कानुनी तथा नीतिगत संरचनाले विदेशी लगानीलाई उत्प्रेरित गर्ने वातावरण बनाएको छ ।”

प्रधानमन्त्री ओलीले नेपाललाई सन् २०३० सम्ममा सहस्राब्दीलक्ष्यहासिलगर्दै देशलाई मध्यमस्तरको आम्दानी भएको देशका रुपमा रुपान्तरण गर्न चाहेको बताउनु भएको छ ।
प्रधानमन्त्रीओलीले नेपालव्यापार र लगानीका लागि तत्पर छ भन्ने कुरा सबैलाई अवगत गराउन चाहेको बताउनु भएको छ ।

नेपालव्यापार र लगानीका लागि तत्पर छ भन्ने मेरो सन्देस हो । प्रधानमन्त्री ओलीले भन्नु,भयो “सुरक्षित महसुष गर्नुहोस र अवसरको फाइदा लिनुहोस । तपाईंको लगानी सुंरक्षित र मुनाफा सुरक्षित छ । संसदमा भएका सबै राजनीतिक दलहरु वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र भित्र्याउन एकमत छन । 

प्राप्त प्रतिकृयाहरू

To Top