अध्यक्ष प्रचण्ड आज नेपाल फर्किदै

राजनीति चैत्र १३ २०७५ ekhabarnepal
989978

काठमाडौं चैत १३,
पत्नीको उपचारका लागि अमेरिकामा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड आज नेपाल फर्किने भएका छन् ।

१० दिनको अमेरिका बसाइँपछि बुधबार नेपाल फर्किन लागेका प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले दिइन्। उनले सीताको वासिंटनस्थित मेडिस्टार अस्पताल र बरमिंघमस्थित युएबी अस्पतालमा उपचार भएको जानकारी दिइन्। प्रचण्डकी छोरीसमेत रहेकी गंगाकाअनुसार उपचारमा संलग्न चिकित्सकहरूले सीताको स्वास्थ्यमा क्रमिक सुधार आउने बताएको छन्।

सीता पार्किन्सनको बिरामी छिन्। उनी सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन्। सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार गर्दा पनि निको नभएपछि अमेरिका लगिएको हो। अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले संचारकर्मीमाझ पत्नी सीताले पनि आफूले एक पटक अमेरिका गएर स्वास्थ्य उपचार गर्ने मनसाय राखेपछि आफू उपचारका लागि अमेरिका जान लागेको बताएका थिए।

प्राप्त प्रतिकृयाहरू

To Top