'नेपाल-जापान सरकारबीच श्रमिक आपूर्ति' बारे आज हस्ताक्षर हुँदै

विश्व चैत्र ११ २०७५ ekhabarnepal
6765

काठमाडौं चैत ११,
नेपाल र जापान सरकारबीच श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी'मा आज हस्ताक्षर हुने भएको छ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापान सरकारका प्रतिनिधिबीच सम्झौता हुन लागको हो। केही दिनअघि बसको मन्त्रिपरिषद् बैठकले श्रम सचिवलाई हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको थियो। जापान सरकारले पहिलो पटक आप्रवासी कामदार (ब्लु–कलर)का रूपमा नेपालीलाई लिने प्रक्रिया अघि बढाएको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा आज मध्यान्हमा हिमालयन होटलमा एमओसीमा हस्ताक्षर गर्ने कार्यक्रम छ । यसका लागि जापानी टोली काठमाडौं आईसकेको छ ।यो समझदारीपछि नेपालबाट जापानमा कामदार पठाउने प्रक्रिया थालनी हुनेछ । यसका लागि जापान पठाउन श्रम मन्त्रालय अन्तरगत छुट्टै इकाई खडा हुनेछ ।

यसअघि औद्योगिक प्रशिक्षार्थी मात्र लिने जापानसँग कामदार समेत लिने विषयमा सम्झौता गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। यसका लागि नेपाल र जापानबीच दुईपक्षीय सम्झौता (एमओयू)को ड्राफ्टसमेत आदानप्रदान भइसकेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top