उत्पादकत्व बढाए मात्रै मुलुक समृद्ध बन्छ: डा.भट्टराई

राजनीति चैत्र १० २०७५ ekhabarnepal
7857878

बुटवल चैत्र १०, नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गर्नु भएको छ । .

पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले बस्तु तथा सेवाको उत्पादनमा जोड दिएर आवश्यक योजना बनाउन पनि सरकारलाई सुझाव दिनु भयो ।

आईतबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उहाँले तत्कालका निम्ति राष्ट्रिय औद्योगिक पूँजीमा जोड दिएर मात्रै समाजवादी उन्मुख अर्थतन्त्र निर्माण हुने भएकाले सोही अनुसारको योजना बनाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

संयोजक भट्टराईले राष्ट्रिय पूँजी निर्माणका लागि सरकार र निजी क्षेत्रले मिलेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । उत्पादन र उत्पादकत्व बढाएर मात्रै राष्ट्रिय पूँजीको निर्माण गर्न सकिने संयोजक भट्टराईको भनाई छ ।

संयोजक भट्टराईले राष्ट्रिय पूँजीको विकास गरेर मात्रै सामाजिक सुरक्षाको दायरालाई बढाउन सकिनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले पाँच वर्ष भित्र मुलुकमा दोहोरो अंकको आर्थिक वृद्धि हुने दीर्घकालीन सोच सहितको १५ औं योजनाको खाका प्रस्तुत गर्नु भएको थियो ।

खाकाका एक वर्ष भित्र करिव १ हजार मेघावाट जलविद्युत उत्पादन गर्ने उल्लेख गरिएको छ । तामाकोसी जलविद्युत आयोजनालगायतको आयोजना सम्पन्न हुने भएकाले एक वर्ष भित्र करिव १ हजार मेघावाट थप विद्युत उत्पादन गर्ने योजना तय गरिएको पनि राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइरालाले जानकारी दिनु भयो ।

आयोगले तयार पारेको १५ औं योजनाको मस्यौदामा मुलुकलाई समृद्ध बनाउन वैदेशिक लगानी भित्र्याउन जोड दिने पनि उल्लेख गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top