राष्ट्रियसभा बैठक: सडकको खाल्टाखुल्टी र धुवाँधुलोको कहिले सम्म?

राजनीति चैत्र ८ २०७५ ekhabarnepal
3434254

काठमाडौं चैत ८,
 राष्ट्रियसभाका सांसदले देशका विभिन्न स्थानमा देखिएको सडक समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले राजधानी र देशका अन्य स्थानमा समेत देखिएको सडकको खाल्टाखुल्टी र धुवाँधुलोको समस्या समाधान गर्न माग गर्नुभयो ।सांसद धनकुमारी खतिवडाले काठमाडौँको धुवाँधुलोको अन्त्य कहिले हुन्छ भनी सरकारसँग प्रश्न गर्नुभयो । सांसद चन्दा चपाईँले सुर्खेत जिल्लामा देखिएको अस्पताल, विद्युत्लगायत समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रकाश पन्थले पोखरास्थित पृथ्वी राजमार्ग जीर्ण भएका कारण सडक दुर्घटना झन्झन् बढ्दै गएको हुँदा जतिसक्दो चाँडो समस्या समाधान गर्न आग्रह गर्नुभयो । उहाँले ट्राफिक समस्या समाधान गर्दै वैकल्पिक व्यवस्था गर्नसमेत माग गर्नुभयो ।

सांसद बलरामप्रसाद बाँस्कोटाले प्रदेश– ३ का हेटाँैडालगायत स्थानमा देखिएको बर्डफ्लु र त्यसले पारेको सङ्क्रमण तथा किसानलाई परेको मर्काका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद मुक्तकुमारी यादवले धनुष र सिरहा जिल्लामा रहेका पुल जीर्ण भएकाले पुनःनिर्माण र निर्माणका लागि पहल गर्नुपर्ने माग गर्नुभयो । सांसद युट्रोल तामाङले विधेयक संशोधन भए पनि त्यसको कार्यान्वयन गर्नाको सट्टा सिंहदरबारका दराजमा लगेर थन्काउने काम भएको छ भन्नुभयो ।  

प्राप्त प्रतिकृयाहरू

To Top