अमेरिकास्थित नेपाली दूतावासमा 'प्रचण्डको स्वागत'

राजनीति चैत्र ६ २०७५ ekhabarnepal
8888

काठमाडौं चैत ६,
  पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली राजदूतावास पुगेका छन्।

वासिंगटन डिसीस्थित नेपाली दूतावासमा प्रचण्डलाई अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कुमार कार्की तथा कार्यालयका कर्मचारीले स्वागत गरेका थिए।

सो क्रममा राजदूत कार्की पछिल्लो अमेरिकी रणनीति तथा राजदूतावासको कार्य सम्पादनका बारेमा ब्रिफिङ गरेका थिए।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड स्वकीय सचिव तथा छोरी गंगा दाहालसहित आइतबार साँझ अमेरिकातर्फ प्रस्थान गरेका थिए।

अमेरिकाको जोन होप्किन्स अस्पतालमा उपचार गराइरहेकी प्रचण्ड पत्नी सीतालाई प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी (पिएसपी) भएको केही महिना अघि सिंगापुरमा पुष्टि भएको थियो। कात्तिकमा उनले सीतालाई म्याग्दीको तातोपानी कुण्डमा नुहाउन लगेका थिए।

प्राप्त प्रतिकृयाहरू

To Top