लगानी सम्मेलनको अन्तिम तयारी:नेपालमा चिनियाँ सरकारको लगानि बढदै

अर्थ चैत्र ५ २०७५ ekhabarnepal
0 9809

काठमाडौँ चैत ५,
 विदेशी लगानीकर्तालाई नेपालमा लगानी आकर्षण गर्ने उद्देश्यले यही चैत १५ र १६ गते नेपाल लगानी सम्मेलन आयोजना हुदैछ ।
सम्मेलनको अन्तिम तयारी भइरहेको छ । सम्मेलनलाई भब्य बनाउनका लागि नेपाल सरकार, अर्थमन्त्रालय, लगानीवोर्ड सहित सम्मेलनलाई सफल बनाउन भारत, चीन, बेलायतलगायत विभिन्न मुलुकमा लगानी प्रवद्र्धनबीच छलफल र संवादको चलिरहेको छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपश्चात् जारी भएको वैदेशिक लगानी ऐन र औद्योगिक प्रवद्र्धन ऐन लगायतले नेपालमा वैदेशिक लगानीका लागि वातावरण बनाएको हो । त्यसपछिको झण्डै तीन दशकको अवधिमा ठूलो परिणाममा वैदेशिक लगानी भित्रिए पनि यसको आकार अपेक्षित रूपमा पुग्न सकेको छैन । वैदेशिक लगानी भित्राउन धेरै प्रयास भए पनि मुलुकको आवश्यकता र सम्भावनाको तुलनामा भित्रिएको लगानी निकै न्यून छ । लगानीकर्ताको प्रतिबद्धता आउने तर लगानी नहुने समस्याबाट ग्रसित छ ।

अघिल्लो लगानि सम्मेलनमा १४ अर्ब अमेरिकी डलर बराबर लगानीको प्रतिबद्धता आएको थियो तर यो सबै लगानी आउने कुरामा कोही पनि विश्वस्त छैनन् । यसले उपयुक्त वातावरण भए विदेशी लगानी आउन सक्छ तर अहिलेको वातावरण लगानीकर्तालाई आकर्षित गर्नेखालको छैन भन्ने कुराको सङ्केत गर्छ किनभने लगानीकर्ताले लगानीको प्रतिफल हेरेर मात्र लगानी गर्छ ।

लगानीको प्रतिफल सुनिश्चित नभएसम्म लगानीकर्ताले आँट गर्दैन तर पनि पछिल्लो समयमा धेरै सुधारका काम भएका छन् । नयाँ संविधान बनेर कार्यान्वयनमा आइसकेको अवस्थामा लगानीको वातावरण बनाउन सघाउ पुगेको विश्वास गरिन्छ । नयाँ संविधान कार्यान्वयनका चरणमा छ र तीन तहको निर्वाचन सम्पन्न भइसकेको छ । मुलुकमा स्थायि सरकार बनेको छ र सम्पत्तिमाथिको अधिकार सुरक्षित गरेको छ । पछिल्ला वर्षमा आर्थिक वृद्धिदर बढेको, लगानीसम्बन्धी स्पष्ट नीति र कानुन बनेको, राजनीतिक दलले पनि वैदेशिक लगानी संरक्षण र प्रवद्र्धनका लागि प्रतिबद्धता व्यक्त गरिसकेका छन् । यसले पनि लगानीकर्तामा आकर्षण बढेको हो । पर्यटन, ऊर्जा र सिमेन्टमा लगानी भित्रिएको छ ।


ही चैत १५ र १६ गते हुने सम्मेलनमा लगानीकर्ता, विकास साझेदार, कूटनीतिक प्रतिनिधि, विज्ञलगायत स्वदेशी र विदेशी गरी पाच सय ५० जनाभन्दा बढीको सहभागिताका लागि आवेदन दिइसकेका छन । सम्मेलनको मुख्य उद्देश्य आर्थिक रूपान्तरणका लागि ऊर्जा, यातायात पूर्वाधार, कृषि, शिक्षा लगायत क्षेत्रमा विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न सहज वातावरण बनाउने प्रक्रियाकै रुपमा हेरिएको छ । सडक, रेल, विद्युतजस्ता भौतिक पूर्वाधार, सूचना प्रविधि, सेवा उद्योग, विद्यालय र स्वास्थ्य संस्थाजस्ता सामाजिक सेवाका क्षेत्र, कृषि, उद्योग, पर्यटनजस्ता उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार आवश्यक रहेको देखिन्छ ।

लगानीसम्मेलबाट स्वदेशी र विदेशी लगानी अपेक्षा गरिएको छ । दुई वर्ष अघि भएको सम्मेलनमा समेत चिनिया“ लगानी कर्ता र भारतिय लगानीकर्ता उत्साहजक सहभागिता रहेको थियो भने अहिले पनि चिनिया“ लगानीकर्ताको चाप बढेको छ ।

अहिले पछिल्लो समय नेपालको आन्तरिक पूजी निर्माण कमजोर बन्दै गइरहेको अवस्थामा हुन लागेको लगानी सरकारले हासिल गरेको आर्थिक बृद्धिदरमा सहयोग पुग्न सक्दछ । तर सम्मेलनबाट आउने लगानीले परनिर्भरता बढ्ने हुनाले सचेत हुन समेत आवश्यक छ ।

अहिलेसम्म दुई पटक भएका वैदेशिक लगानी सम्मेलनको प्रतिफल हेर्दा प्रतिवद्धता आए पनि वैदेशिक लगानीकर्तालाई आकर्षण गर्न त्यति सहज छैन । एसियाली मुलुकबीच पनि लगानीको लागि खुल्ला प्रतिस्पर्धा चलिरहेको अवस्थामा नेपालले झन सहज वातावरण बनाउन आवश्यक छ । पछिल्लो समय परिमार्जन भएको ऐन, कानुनले वैदेशिक लगानीलाई प्रोत्साहन पुग्न सक्दछ । तर अझै पनि प्रक्रियागत झमेलाहरूलाई कम गर्न नसक्ने हो भने लगानीको प्रमुख गन्तव्य मुलुक बनाउन चुनौती भने अझै बांकी नै रहन्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top