राउतले ‘जनमत पार्टी’ दर्ता गर्ने, ११ बुँदे सहमति अनुमोदन

राजनीति चैत्र ४ २०७५ ekhabarnepal
2

काठमाडौं,चैत्र ४ 
सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी आन्दोलन छाडेको सीके राउत नेतृत्वको स्ववतन्त्र मधेस गठबन्धनले नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ ।

लाहानमा आइतबार र सोमबार दुई दिन बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला)ले संविधानअनुसार ‘जनमत पार्टी’ नाम राखेर दल खोल्ने निर्णय गरेको हो । भेलाले दल दर्ताका लागि राउतको नेतृत्वमा ३५ सदस्यीय केन्द्रिय कार्यकारिणी समिति चयन गरेको छ।

समितिले निर्वाचन आयोगमा दल दर्ता गर्ने र थप सदस्य मनोनित गर्ने जिम्मेवारीस दिइएको केन्द्रिय सदस्य अब्दुल खानले जानकारी दिए ।

यस्तै केन्द्रिय सदस्यहरुमा कैलाश महतो (महोत्तरी), राज कुमार यादव (सिरहा), अब्दुल खान (बर्दिया), चन्दन सिंह (महोत्तरी), बबिता ईसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु (मोरंग), सीताराम पंडित (सुन्सरी), सुरेन्द्र शर्मा (सप्तरी), सतिला यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), संजय यादव (महोत्तरी), नरेश कुशवाहा (सर्लाही), वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा), संजय साह (पर्सा), ध्रुव गौड (नवलपरासी), भोपेन्द्र यादव (रुपन्देही), हकिकुल्ला खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष (बाँके), महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आशा मेहता (सुन्सरी) रहेका छन्।

यस्तै बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको छ।

 

प्राप्त प्रतिकृयाहरू

To Top