अमेरिका–चीनको तयारी:मिसाइल मुठभेड

विश्व चैत्र ४ २०७५ ekhabarnepal
65656

वासिङटन चैत्र ४,
अमेरिकाले बिहीबार पहिले प्रतिबन्धित नयाँ वर्गको मिसाइल अगस्टमा पुन परिक्षण गर्ने घोषणा गरेको छ । तर अमेरिकाको प्रमुख प्रतिद्वन्द्वी चीन यो मामिलामा धेरै अगाडि पुगिसकेको छ ।
अमेरिकाको नयाँ मिसाइल मध्यम दुरीमा अर्थात ३०० देखि ३ हजार माइलको निशानामा मार हान्न सक्ने किसिमको छ ।


१९८७ मा रुससँग गरिएको सन्धीले मध्यम दुरीको मिसाइलमाथि प्रतिबन्ध लगाएको थियो । तर पछिल्लो समयमा यो सन्धी खारेज भएपछि चीनको ‘क्यारियर किलर’ हतियारको प्रतिकार गर्नका लागि अमेरिकालाई अवसर सिर्जना भएको छ ।अमेरिकालाई उछिन्न चीनले ब्लू वाटर नेभीको निर्माण गर्न खोजिरहेको छ । यसले मध्यम रेन्जको दुरीमा समुद्रमा जहाजलाई निशाना बनाउन सक्ने र यसमा अमेरिकी एयरक्राफ्ट क्यारियर पनि समावेश छ ।


दक्षिण चीन सागरमा चीनले एक पक्षिय रुपमा आफ्नो दावी गरिरहेको समयमा अमेरिकाको प्रतिकार हुन सक्ने भएपछि यो क्षेत्रमा अमेरिकाले कुनै गतिविधि गरेमा चीनले विमान वाहक (एयरक्राफ्ट क्यारियर) डुबाइदिने र मिसाइल पनि हान्न सक्ने चेतावनी दिएको छ । हाल सन्धीबाट मुक्त भएको अमेरिकाले सैद्धान्तिक रुपमा चीनको इन्टरमिडियट–रेन्ज मिसाइको प्रतिकार गर्न आफ्नै मिसाइल बनाउन सक्ने भएको छ । तर यो मिसाइल लडाइमा विभिन्न कारणले चीनलाई फाइदा पुग्ने देखिएको छ ।


चीन पहाडी मुलुक हो । यसमा मोबाइल लन्चरको पर्याप्तता छ र यो सञ्चालन गर्न, पार्क गर्न र जुनकुनै ठाउँमा पनि मार हान्नका लागि सक्षम रहेको छ ।अमेरिकाकाको पनि विभिन्न मुलुक र टापुको नेटवर्क रहेको छ । जसमा उसले आफ्ना मिसाइलहरुलाई राख्न सक्छ । तर यसका लागि उसलाई मित्र राष्ट्रको अनुमतीको आवश्यकता पर्छ । जुन विकल्प अमेरिकाले हालसम्म पनि प्रयोग गरेको छैन ।

“हामीले आगामी परिचालनका लागि कुनै पनि मित्र राष्ट्रसँग कुराकानी गरेका छैनौ,” अमेरिकी रक्षा अधिकारीले रोयटर्सलाई बताए ।अमेरिकाले जापानमा मिसाइल राख्न सक्छ । तर, जापान आफ्नो मुलुकमा अमेरिकी सेनाको उपस्थितिको घृणा गर्छ । यसो गर्दा जापानले पनि चीनको आर्थिक दण्डको सामना गर्नुपर्ने अवस्था आउछ । समान अवस्था दक्षिण कोरिया, अस्ट्रेलिया, फिलिपिन्स र ताइवानको हकमा पनि लागु हुनेछ । तर सानो टापुमा मिसाइल राख्नाले चीनले उक्त मुलुकलाई पनि नष्ट पार्न सक्छ । अमेरिकी क्षेत्र गुवामबाट अमेरिकाले अमेरिकी मिसाइल छोड्न सक्छ । तर परमाणु हतियार सहित चीनबाट आउने केही मिसाइललेनै यो सानो टापुलाई पूर्ण रुपमा नष्ट पार्न सक्छ ।
अमेरिकाले पनि लाखौ वर्ग माइलको क्षेत्रबाट अमेरिकी जेटमार्फत आक्रमण गर्दा यसले पीएलएको हवाई रक्षा प्रणालीको सामना गर्नुपर्ने देखिन्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top