चन्द समूहलाई विश्वासमा लिन कांग्रेसको आग्रह 

राजनीति चैत्र २ २०७५ ekhabarnepal
Nc

 काठमाडौं चैत्र २
 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिंसात्मक विद्रोहमा गएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई विश्वासमा लिन सरकारलाई अपील गरेको छ ।
 प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै नेकपालाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेकपा र नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न अपिल गरेका हुन् । केही समययता मुलुकका विभिन्न स्थानमा हिंसात्मक गतिविधि बढेको भन्दै सरकारले गत मंगलबारको मन्त्रिपरिषद् बैठकबाट नेकपाको गतिविधि प्रतिबन्ध लगाउने निर्णय लिएको थियो ।
 संविधान विपरीत निषेधको मार्गबाट समस्या समाधान नहुने भन्दै कांग्रेसले सचेत गराएको छ । नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्नु विज्ञप्तिमा भनिएको छ, अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ ।
 कांग्रसले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन समेत सार्वजनिक अपिल गरेको छ ।   
 

प्राप्त प्रतिकृयाहरू

To Top