साफ महिला च्याम्पिनसिप :माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा

खेल चैत्र १ २०७५ ekhabarnepal
777

काठमाडाैं  चैत १,  

बिराटनगरमा जारी साफ महिला च्याम्पिनसिप फुटबल प्रतियोगितामा आज समुह ‘बि’मा रहेका माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल सहिद रंगाशालामा दिउँसो ३ बजेपछि शुरु हुनेछ ।

यसअघि ४ पटक आमने सामने भएका श्रीलंका र माल्दिभ्सले दुई दुई खेलमा जित हात पारेका छन् ।

आजको खेलमा श्रीलंकासँग पराजित भएको खण्डमा माल्दिभ्स समुह चरणबाट बाहिरिनेछ ।

यदि माल्दिभ्स बिजयी भएमा सेमीफाइनल पुग्न भारत र श्रीलंकाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top