इथियोपियन विमान दुर्घटनापछि 'बोइङ्ग ७३७ को सवै उडान बन्द'

विश्व फागुन ३० २०७५ ekhabarnepal
88

काठमाडौ फागुन ३०,
अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको सबै जहाजको उडानमा रोक लगाएको छ ।  

एयरलाइन्सको  विमान दुर्घटनासम्वन्धी अनुसन्धानमा विमानमा गडबढी देखिएकाले सुरक्षाको बिषयलाई लिएर बोइङ्गले सवै उडान ततकालका लागि रोक लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

अर्को निर्णय नभएसम्मका लागि ३७१ वटा बोइङ ७३७ म्याक्स विमान उड्ने रोक लगाइएको हो । आइतबार इथियोपियनको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान दुर्घटना भएको थियो, जसमा १५७ जनाको मृत्यु भएको थियो । यो घटनालगतै बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले रोक लगाएका थिए ।

भेटिएको नयाँ प्रमाण र भू–उपग्रहबाट दिइएका पछिल्ला विवरणहरुका आधारमा यो निर्णय लिइएको अमेरिकी संघीय उड्ययन प्रशासनले बताएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top