विश्वकै'उत्कृष्ट मुलुक स्वीट्जरल्यान्ड': सूचीवद्ध दश देशका नामहरु

विश्व फागुन २७ २०७५ ekhabarnepal
66666

वासिङटन-स्वीट्जरल्यान्ड लगातार तेस्रो वर्षमा विश्वकै उत्कृष्ट मुलुक भएको यूएस न्यूज एन्ड वल्र्ड रिपोर्टले जनाएको छ ।
२० हजार भन्दा बढी सहभागीमा गरिएको सर्भेका आधारमा प्रकाशनले यो वार्षिक निश्कर्ष निकालेको हो ।३६ मुलुकका व्यवसायीक नेतृत्व र नागरिकले ८० मुलुकको मूल्यांकन गरेको आधारमा यो निश्कर्ष निकालिएको हो । यसमा जीवनको गुणस्तर, आर्थिक प्रभाव, शक्ति, शिक्षा, वातावरण मैत्री लगायतका अन्य ७५ गुणको आधारमा विश्वका उत्कृष्ट मुलुकको सूची तयार पारिएको हो ।


यो वर्षको वर्गिकरणमा जापानले ठूलो फड्को मारेको छ । यो मुलुक गत वर्षको ५ औं स्थानबाट यो वर्ष दोस्रो स्थानमा उक्लिएको हो ।मूल्यांकन गरिएका ९ तत्वमा जापानले ५ तत्वमा सुधार गरेको छ ।प्रकाशननको व्यवसायीक सूचीमा जापान पहिलो स्थानमा परेको छ ।यद्यपि २०१९ को सूची २०१८ को सूचीको तुलनामा अपरिवर्तनिय जस्तै रहेको छ । यसमा एउटा मुलुक नर्वेले आपूmलाई प्रवेश गराउनका लागि सफल भएको छ । नेदरल्यान्ड ११ औं स्थानमा ओर्लिएको छ ।याहाँ शीर्ष १० मा पर्न सफल मुलुकहरु प्रस्तुत गरिएको छ ।


१. स्वीट्जरल्यान्डः प्रत्येक वर्ष स्वीट्जरल्यान्ड नागरिकता र व्यवसायीको मामिलामा अग्रणी हुदै आएको छ । आर्थिक स्थायित्व, पुँजीमा पहुँच र बलियो कानुनी फ्रेमवर्क तथा प्रतिष्ठाको मामिलामा स्वीट्जरल्यान्ड उत्कृष्ट मुलुक भएको सहभागीहरुले बताएका छन् ।
२.जापानः यो वर्षको वर्गिकरणमा जापान गत वर्षको पाँचौ स्थानबाट उक्लिएर दोस्रो स्थानमा पर्न सफल भएको छ । यूएस न्यूज एन्ड वल्र्ड रिपोर्टको सर्भे नतिजाका आधारमा यो मुलुकले ठूलो फड्को मारको सहभागीहरुले बताएका छन् । व्ववसायको मामिलामा यो मुलुकले पहिलो स्थान हासिल गरेको यो वर्षको तथ्यांकले देखाएको छ ।
३. क्यानडाः क्यानडा यो वर्ष पनि उत्कृष्ट तेस्रोमा पर्न सफल भएको यूएस न्यूज एन्ड वल्र्ड रिपोर्टको वार्षिक उत्तम मुलुकको सूचीले देखाएको छ । व्यवसायीक वातावरण र नागरिकता जस्ता गुणका आधारमा यो मुलुक उकालो चढ्न सफल भएको हो ।
४. जर्मनीः जर्मनी समग्र मुलुकको शीर्ष पाँचमा पर्न सफल भएको छ । शिक्षा, व्यवसाय, शक्ति र प्रभाव जस्ता आधारमा यो मुुलुक उत्कृष्टमा पाँचमा पर्न सफल भएको हो ।
५.संयुक्त अधिराज्यः यो मुलुक उत्तम पाँच मुलुकको सूचीमा लगातार पर्दै आएको छ । यो मुलुक व्यवसाय, शक्ति र सांस्कृतिक प्रभाव जस्ता विषयमा उत्कृष्ट पाँचमा पर्न सफल हुदै आएको छ ।
६.स्वीडेनः यो मुलुक शीर्ष १० को सूचीमा पर्न सफल भएको छ । हरित जिवन, विभिन्न नियोगहरुको मुख्यालय र बालबालिका हुर्काउने मामिलामा यो मुलुक उत्कृष्टमा पर्न सफल भएको छ ।
७. अस्ट्रेलियाः समग्रमा सातौ उत्कृष्ट मुलुक बन्द सफल भएको अस्ट्रेलिया नियोगहरुको मुख्यालय, एक्लै भ्रमण गर्ने र सुविधाजनक अवकासको मामिलामा यो मुलुक उत्कृष्ट पाँचमा पर्न सफल भएको छ ।
८. अमेरिकाः यो मुलुक गत वर्षभैm यो वर्ष पनि आठौ उत्कृष्ट बन्न सफल भएको छ । यो मुलुकले यूएस न्यूज एन्ड वल्र्ड रिपोर्टको सूचीमा पहिलो स्थान कायम गरेको छ ।
९. नर्वेः यस वर्ष यो मुलुक सूचीमा पहिलो पटक पर्न सफल भएको हो । बालबालिका हुर्काउने, हरित जिवन र नागरिकताका आधारमा यो मुलुक पहिलो स्थानमा पर्न सफल भएको छ ।
१०. फ्रान्सः यो मुलुक फेरी पनि उत्कृष्ट दसौमा पर्न सफल भएको छ । सांस्कृतिक प्रभाव र सम्पदाका आधारमा यो मुलुक उत्कृष्ट पाँचमा पर्न सफल भएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top