'देशको शान्ती सुरक्षा'को विषयमा निस्कीयो यस्तो निश्कर्ष

राजनीति फागुन २७ २०७५ ekhabarnepal
Badal7347896486

भैरहवा फागुन २७,
 गृहमन्त्री रामबहादुर थापा (बादल) ले सुरक्षा समिती बैठकले देशको शान्ती सुरक्षाको विषयमा केही निश्कर्ष निकालेको बताउनु भएको छ ।

भैरहवामा भएको प्रदेश नं ५ स्तरीय तिन दिने सुरक्षा समिती बैठको दोस्रो दिन गृहमन्त्री थापाले पछिल्लो १ वर्षमा देशको शान्ती सुरक्षाको निम्ती आवस्यक सम्झौताहरु अन्तराष्ट्रिय स्तरमा भएको र देशको बिकास निर्माणको निम्ती अन्तराष्ट्रिय सम्बन्ध सुमधुर भएको बताउनु भएको हो ।

थापाले राज्य संचलानमा शान्ती सुरक्षामा मुख्यत राज्य बिरोधी संबिधान बिरोधी तत्वहरु बाट शान्ती सुरक्षा र प्रगतीको निम्ती चुनौती रहेको र त्यस्ता तत्वहरुलाई सरकारले नियन्त्रण र निष्तेज गर्ने प्रक्रिया आघि बढाएको जानकारी दिनु भयो ।

यसैगरी अर्को चुनौतिको रुपमा देशलाई बिखण्डन गर्ने तत्वहरु स्वतन्त्रता, स्वाधीनता र स्वराजको नारा दिएर केही तत्वहरु सक्रिय रहेको र त्यस्ता बिखण्डनकारी तत्वलाई मुलधारमा ल्याउन सफल भएको बताउनु भयो । थापाले देशको शान्ती सुरक्षा र अखन्डतालाई रक्षा गर्नमा सरकार सफल भएको जानकारी समेत दिनु भयो । त्यसैगरी शान्ती सुरक्षाको निम्ती खतरा असामाजिक अपराधीक तत्वहरु बाट हुदै आएको र यस्ता असामाजिक अपराधिक तत्वहरुलाई नियन्त्रण र निष्तेज पार्न सरकारले महत्वपुर्ण कदम उठाएको र आउने दिनमा यस्ता तत्वहरुलाई निष्तेज पार्न ठोस कदम उठाउने जानकारी गृहमन्त्री थापाले दिनु भयो ।

थापाले देशको शान्ती सुरक्षा र प्रगतीमा प्राकृतिक प्रकोप पनि चुनौती रहदै आएको र सरकारले यसखालका चुनौती प्राकृतिक प्रकोप बाट हुने क्षती असुरक्षा हरुलाइ बढी भन्दा बढी न्युनिकरण गर्न गोष्ठी बाट निष्कने निष्कर्षले महत्वपुर्ण भुमिका खेल्ने कुरामा विश्वास्त रहेको बताउनु भयो ।

गृहमन्त्री रामबहादुर थापा (बादल) ले पछिल्लो समय सरकार सँग सहमतीमा आएको सिके राउतको बिषयमा बोल्दै राउतको समुह स्वतन्त्र मधेस गठबन्धनले जनकपुरमा गरेको प्रद्धर्शनलाई गठबन्धनले आÏना नारा उद्धेश्यहरुलाई अन्तिम बिदाई दिन गठबन्धनले व्यक्त गरेको बताउनु भयो ।

स्वतन्त्र मधेस गठबन्धन सँग सरकारले देशको अखण्डताको रक्षा गर्न प्रतिबद्ध छौ यो हाम्रो कर्तव्य रहेको र स्वतन्त्र मधेसको लक्ष्य र निती परित्याग गरेको भनी सम्झौता गरेको थापाले जानकारी दिनु भयो । 

प्राप्त प्रतिकृयाहरू

To Top