'लगानी सम्मेलन सफल पार्न' अमेरिकी राजदूतलाई आग्रह

अर्थ फागुन २४ २०७५ ekhabarnepal
Bbb

काठमाडौं फागुन २४, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरबीच लगानी सम्मेलन सफल पार्नेबारे बिहीबार छलफल भएको छ ।

महासंघका विशिष्ट सदस्य, पूर्वअध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष (नेपाल) चण्डिराज ढकालको समेत सहभागिता रहेको भेटवार्तामा नेपाल–अमेरिका आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, आयात–निर्यात, संयुक्त लगानी, नेपालमा लगानीको वातावरण, नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन तथा आपसी सहकार्यका सम्भाव्य क्षेत्रका विषयमा छलफल भएको थियो ।महासंघको कार्यकारिणी समितिका सदस्यहरू जयप्रसाद शिवाकोटी र आकाश अधिकारी, अमेरिकी राजदूतावासका अधिकृतहरू र महासंघ सचिवालयका उच्च अधिकृतहरूको समेत उपस्थिति रहेको सो अवसरमा महासंघको तर्फबाट अध्यक्ष राणाले राजदूत बेरीको महासंघ सचिवालयमा स्वागत गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएकाले यतिखेर वाह्य लगानी, प्रविधि तथा विकासको मोडल समेत खोजिरहेको नेपालका लागि अमेरिकी लगानी आकर्षण गर्ने कार्यमा कूटनीतिक तवरबाट सहयोग गर्न राजदूत समक्ष अनुरोध गरिन् ।

मुलुकको आर्थिक विकासमा नेपाल सरकार क्रियाशील रहेको र यसका लागि कतिपय ऐन कानुन (श्रम तथा सामाजिक सुरक्षा, फिट्टा, सेज आदि) समेत आइसकेको र बाँकी ऐन कानुन पनि छिट्टै ल्याउने तरखरमा रहेको, श्रम सम्बन्ध सुमधुर बन्दै गएको, लोड सेडिङको समस्या नरहेकाले लगानीको वातावरण बनिरहेको अध्यक्ष राणाले स्पष्ट पारित । उनले नेपाल सरकारले अगाडी सारेको नेपाल लगानी सम्मेलन र भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रका तर्फबाट निरन्तर सरकारलाई सल्लाह सहयोग भइरहेको जानकारी गराउँदै नले नेपालको समृद्धिको चाहनालाई सफल पार्न अमेरिकी सरकार र निजी क्षेत्रको सहयोग नेपाली निजी क्षेत्रले खोजेको बताइन् ।

महासंघका विशिष्ट सदस्य ढकालले नेपाल अमेरिकाबीच आपसी सम्बन्ध अत्यन्त प्रगाढ रहेको र महासंघका तर्फबाट समेत आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा विगतमा निर्वाह भएको भूमिकाको चर्चा गर्दै राजदूतको कार्यकालमा निजी क्षेत्रबीच आपसी सम्बन्ध विस्तार, लगानीकर्ता÷व्यवसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण आदान प्रदान तथा लगानीसम्बन्धी छलफललाई बढाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा राजदूत ¥याण्डी बेरीले नेपालको आर्थिक विकासमा अमेरिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता जनाए । नेपाल विस्तारै आर्थिक विकासको मार्गतर्फ अगाडी बढीरहेकोमा अमेरिकी सरकार अत्यन्त खुशी रहेको भन्दै राजदूत बेरीले वाह्य लगानी आकर्षणका लागि अझै धेरै सुधारको आवश्यकता रहेको बताए । उनले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनका विषयमा चासोसमेत राखेका थिए ।

महासंघ प्रतिनिधिमण्डलद्वारा गभर्नरको ध्यानाकर्षण
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटी उच्चदरमा रहेको बैकिङ ब्याजलाई कम गर्न सुझाव दिएको छ ।महासंघको प्रतिनिधिमण्डलले बैंक तथा वित्तीय संस्थाले बेस रेटमा अधिकतम चार प्रतिशतसम्म प्रिमियम थप गरी लिन पाउने व्यवस्था गर्न र कर्जा अवधिभर प्रिमियमको दर परिवर्तन गर्न नपाउने व्यवस्था गर्न सुझाव दिएको छ । अनिवार्य नगद अनुपातमा बैंकहरूलाई ब्याज दिने व्यवस्था गरिएमा बैंकहरूको कस्ट अफ फन्ड घटेर बेस रेट घट्न सक्ने भएकाले यसतर्फ कदम चाल्नुपर्ने महासंघको सुझाव छ ।


त्यसैगरी पुनर्कर्जा कोषमा छ÷छ महिनामा नवीकरण गर्नुपर्ने हालको व्यवस्थाको सट्टा पाँच वर्षको अवधि बनाउनुपर्ने, पुनर्कर्जाका प्रक्रिया सरल गरिनुको साथै पुनर्कर्जा कोषलाई वृद्धि गरी १०० अर्ब रूपैयाँको बनाउनुपर्ने मागसमेत महासंघले गरेको छ । नाफामूलक संस्थागत बचतकर्ताले निक्षेपमा पाउने ब्याजदर न्यूनतम बचतकर्ताको ब्याजदर भन्दा बढी नहुने गरी ब्याजदर कायम गर्न सुझावसमेत दिइएको छ । त्यस्तै बैंकिङ सेवालाई सरल र सहज बनाउनका लागि १० लाखभन्दा कमको बचतमा केवाईसी फर्मलाई उदार गरिनुपर्ने मागसमेत गरिएको छ । महासंघको सुझाव ग्रहण गर्दै गभर्नर नेपालले महासंघले विभिन्न समयमा दिएका सुझाव अत्यन्त महत्वपूर्ण रहेको र हालको समस्या समाधानका लागि परिणाम निस्कन समय लागे पनि नेपाल राष्ट्र बैंकले काम गरिरहेको बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top