नेपालको आर्थिक समृद्धिको कार्यदिशा 

बिचार फागुन २४ २०७५ ekhabarnepal
Bal bd


बल बहादुर आचार्य
पृष्ठभूमि ः

माक्र्सले भने झै संसार परिवर्तनशील छ र हरेक क्षणहरु रुपान्तरण भईरहेको छ । त्यसै गरी यस संसारका हरेक बस्तुमा निरन्तर परिवर्तन भईरहेकै हुन्छ । समाज विकासक्रमलाई नियालेर हेर्दा आदीम साम्यवादी समाज निरन्तर रुपान्तरण हुदै दासयुगीन समाज, सामन्ती समाज र पँुजीवादी समाजवाट अगाडी बढीरहेको छन् भने अहिले कतिपय समाजहरु समाजवादी युगमा हिडीरहेकाछन् । यो रुपान्तरणको सार्वभौम नियम हाम्रो नेपाली समाजमा पनि चलिरहेको छ । यतिवेला नेपाली समाज मुलतः सामन्ति समाजवाट पँुजीवादी समाजमा रुपान्तरण भएको छ । यति भएर पनि हाम्रो समाजका राउटे जातीहरु रहेको समाज, अप्रत्यक्ष रुपमा रहेको कमैया प्रथा, ठुला बडाको हुकुमी शासनहरु नेपाली समाज विकासका विगतका सामाजिक अवस्थाका प्रतिनिधि समाजहरु हुन ।
नेपाली समाजमा पूँजीवादी समाजले प्रवेश गरेको त राणा शासन मै हो तर राणा र पंचायती शासनमा यसको विकास अत्यन्तै सुस्त रह्रयो भने ०४६ पछिको बहुदलीय व्यवस्था पछि पनि यो व्यवस्थित र बैज्ञानिक रुपमा अगाडी बढन सकेन र ०६२ र ०६३ को जनआन्दोलन पछि र विशेष गरी कम्युनिष्ट पार्टीको सरकार संचालन पछि बल्ल यस समाजलाई तिव्र गतिमा औधोगिकरण र व्यवशायीकरण गर्दै पूँजीवादी समाजलाई समाजवादी दिशा उन्मुख हुने गरी जनवादी पूँजीवादी समाजको सुदृढिकरण गर्ने राष्ट्रिय लक्ष्यका साथ समृद्ध नेपालः सुखि नेपाली भन्ने मूल नाराका साथ समाज रुपान्तरणको अभियान संचालन गर्ने सोच अगाडी बढेकोछ । नेपाल सरकारले समृद्ध नेपालको निर्माणका लागि २५ बर्षे दिर्घकालिन योजना तथा मार्गचित्र तयार गर्ने अन्तिम चरणमा पुगेकोछ । 
विगतमा हामीले अव नेपालमा केही हुदैन भन्ने निरास भएका जनतालाई धेरै सपना देखाउदै नेपाली समाज पनि समृद्ध राष्ट्रको रुपमा अगाडी बढन सक्छ भन्ने आत्मविश्वास जगाउने प्रयासहरु गरियो र त्यही विश्वासका आधारमा जनताले अपार विश्वास गरी नेकपालाई सजिलोसंग काम गर्न सक्ने गरी दुई तिहाइको साथमा सरकारमा पुर्याएका छन् । अव नेकपाको सरकारले जनताको त्यहि मनोबिज्ञानलाई ख्याल गरी नेपाली जनताको आशा तथा भरोशालाई व्यवहारवाटै प्रमाणित गर्ने बेला आएकोछ । यतिबेला नेकपाले जनताको अभिमतवाट निर्माण भएको नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्दै नेपालको आर्थिक समृद्धिको यात्रामा अविरल गतिकासाथमा नेपाली समाजको आमूल रुपान्तरण गर्ने कामलाई केन्द्रिय कार्यभारको रुपमा लिनु पर्दछ ।  
के हो त नेपालको आर्थिक समृद्धिको राष्ट्रिय सोच ?
यतिबेला नेपाली समाज उद्योग तथा व्यवशायमा ज्यादै पछि परेकाले नेपालको व्यापार घाटा धेरै ठूलो छ, परनिर्भर अर्थतन्त्रको विशेषता भएको छ भने समाजमा रहेका व्यक्तिहरु वीचमा ठुलो आर्थिक असमानताहरु रहेका छन् । यस देशमा विश्वका औलामा गन्न सक्ने पूँजीपतिहरु पनि रहेका छन भने साँझ विहान हातमुख जोर्न धौ धौ हुने नेपाली नागरिकहरु पनि यस देशमा धेरै रहेका छन् । एकातिर हाम्रा उत्पादन प्रणाली निर्वाहमुखि छ भने विकासका पूर्वाधारहरु अत्यन्त कमजोर अवस्थामा रहेका छन। हाम्रो समाजको विकासको आवश्यकतानुसारका शिक्षा प्रणाली छैन भने उत्पादन भएको शैक्षिक जनशक्ति बेरोजगार छ । स्वास्थ्य उपचारका संरचनाहरु ज्यादै कमजोर अवस्थामा छन भने विरामी हुदा जनताहरु उपचारको अभावमा ज्यान जाने अवस्थाछ । तसर्थ हामीले नेपालको आर्थिक समृद्धिको मार्गचित्र बनाइरहेका बेलामा हामीले आर्थिक विकासको राष्ट्रिय सोच के हो र यसको दिशा के हो भन्ने बारेमा स्पष्ट हुन आवश्यक भएकोले नेपालको समृद्धिको मार्गचित्र बनाउदा हाम्रा राष्ट्रिय सोचहरु निम्न कुरामा केन्द्रित भएको पाइन्छ ।
१. स्वाधिन, समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्र
२. सघन अन्तरआवद्धता, उच्च उत्पादकत्व र समान अवशर
३. स्वस्थ्य, शिक्षित र उच्च जीवनस्तर भएका सुखि नागरिक

हाम्रो नेपालको समृद्धिका सूचकहरु के के हुन ?
हामीले नेपाललाई समृद्ध नेपाल बनाउनु पर्दछ भनिरहेको बेलामा आज नेपाली जनतामा हामी कसरी समृद्ध हुन्छौ र समृद्ध नेपाल हुनका लागि के के कुरालाई आधार मान्नु पर्दछ भन्ने बारेमा बहश भईरहेको बेलामा नेपालको समृद्धिको सुचांकहरु निर्धारण गर्ने र सोही आधारमा समाजले समृद्धिका सूचाकहरु देख्न, हेर्न निम्न विषयहरुमा केन्द्रित भएको देखिन्छ ।

१.सघन अन्तरआबद्धता २. सर्व सुलभ तथा आधुनिक पूर्वाधार  ३. दक्ष मानवपूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग  ४. उच्च र दिगो उत्पादन तथा उत्पादकत्व  ५.उच्च र समतामुलक राष्ट्रिय आय ।

समृद्ध नेपालमा सुखि जनताका सूचांकहरु के के होलान ?  
समृद्ध नेपालको निर्माण हुदाँ नेपाली जनताहरुको जीवन स्तर कस्तो हुन्छ र कुन कुन मापदण्ड पुर्याउन सकियो भने नेपालीहरु सुखि हुन्छन भन्ने बारेमा समेत केही सुचांक बनाउने र त्यसैका आधारमा कामलाई केन्द्रित गर्न आवश्यक देखिन्छ । यसका लागि निम्न लिखित मापदण्डहरु भएमा नेपाली जनता सुखि हुनेछ भन्ने सोच रहेको छ ।
१. परिस्कृत तथा मर्यादीत जीवन  २. सभ्य र न्यायपूर्ण जीवन  ३.स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्धति ४. सुशासन   ५. सवल लोकतन्त्र   ६. राष्ट्रिय एकता र सम्मान ।

नेपालको समृद्धिका मूल आधारहरु के हुन सक्छन् त  ?
समृद्ध नेपाल सुखि नेपाली नेपालको विकासको राष्ट्रिय लक्ष्य हो  । यसका लागि हामीले हाम्रो देशमा रहेका संपूर्ण साधान श्रोतहरु, आफ्नो जनशक्ति र लगानीलाई व्यवस्थित र बैज्ञानिक रुपमा व्यवस्थापन गर्न सक्नु पर्दछ । यी नेपाल संपूर्ण श्रोतहरुको समुचित रुपमा परिचालन गरी सर्व प्रथम राष्ट्रिय पूँजीको विकास प्रचुर मात्रामा गर्न आवश्यक छ । जवसम्म हामीले हाम्रो अर्थतन्त्रलाई स्वाधिन र आत्मनिर्भर बनाउन सक्दैनौ तवसम्म हामीले हाम्रो राष्ट्रिय लक्ष्य प्राप्त गर्न सक्दैनौं ।  हामीले नेपालको स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको विकासको लागि हाम्रो औधोगिकरण र व्यवशायीकरण गर्ने मूल आधारहरु के के हुन भन्ने विषयमा स्पष्ट हुन आवश्यक छ । यसका मूल आधारहरुको निर्णय गरी सके पछि हाम्रा संपूर्ण योग्यता र क्षमतालाई यसको औधोगिकरण र व्यवशायीकरणमा केन्द्रित हुन आवश्यक छ । तसर्थ हाम्रो नेपाल वा प्रदेशका समृद्धिका मूल आधारहरु निम्न लिखित रहेका छन् । यिनै मुल आधारहरुमा उभिएर नेपालको आर्थिक समृद्धि गर्न सकिन्छ । त्यसको लागि हामीले ूनेपालको आर्थिक समृद्धिको मुल आधार, कृषि, पर्यटन, प्राकृतिक संपदामा आधारित उद्योग र व्यापारू भन्ने नारालाई अभियानको रुपमा संचालन गर्नु आवश्यक देखिन्छ । जो यस प्रकार छन् ।

१. नेपालको कृषि क्षेत्र  

२. नेपालको विविध पर्यटन क्षेत्र 
३.नेपालको अपार प्राकृतिक संपदाहरु  ( बन तथा जडीबुटी, खनिज संपाद र जल संपदा )

के हो त नेपालको आर्थिक विकासको २५ बर्षे दिर्घकालीन मार्गचित्र ?

  •     वि.स.२०७२ प्रति व्यक्ति आय ७७२ ४ थियो र हाल २०७५ मा १०१२ ४ छ ।
  •     वि.सं २०७८ मा अतिकम विकसित मुलुकको स्तरवाट स्तरोन्नती गरी प्रति व्यक्ति आय १५०० ४ पुर्याउँने । 
  •     वि.सं २०८७, दिगो विकासको लक्ष्य प्राप्त गर्दै उच्च मध्यम आय स्तरको मुलुकमा पुरयाउदै ४१०० ४ पुर्याउँने ।   
  •     वि.सं २१०० मा उच्चस्तरको विकसित मुलुक निर्माण गर्दै नेपालीहरुको प्रति व्यक्ति आय १२, ५०० अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ ।

के हो योजनागत रुपमा दिर्घकालिन विकासको मार्गचित्र ?

  •     १५ औं योजना आ.व. ०७६—०८१   समृद्धिका आधारहरु तयार गर्ने ।
  •     १६ औं र १७ औं योजना आ.व.०८१—०९१  विकासको दिगो लक्ष्य प्राप्त गर्दै समृद्धिलाई गतिशील बनाउने ।
  •     १८औं र १९औ योजना आ.व. ०९१—२१००  समृद्धिको दिगोपना हाशिल गर्ने ।

हाम्रो स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्र विकासको मूल आधारहरु कृषि, पर्यटन र प्राकृतिक संपदाहरुलाई राष्ट्रले आफुसंग भएका संपूर्ण साधनश्रोत, जनशक्ति र लगानीको समुचित रुपमा उपयोग गर्दै यो लक्ष्य प्राप्त गर्नेछ । यी संपदाहरुलाई अहिलेको उच्च प्रविधि र बैज्ञानिक  व्यवस्थापनको साथमा परिचालन गर्नु नै यतिबेला हाम्रो मुख्य चुनौतिको रुपमा रहेको छ र यसै चुनौतीमा नै हाम्रो समृद्धि निर्भर गर्दछ ।

नेपालको समृद्धिको अभियान कसरी संचालन गर्ने ? 
नेपालको समृद्धिको मूल नेता केन्द्रिय सरकार नै हो । यसले बनाएका राष्ट्रिय लक्ष्य तथा सोचहरुलाई सवै प्रादेशिक तथा स्थानीय सरकारहरुले मूल वाटो मान्दै यसैको दिशा निर्देशमा आफ्ना योजना तथा कार्यक्रमहरु बनाउने र तदारुकताकासाथमा संचालन गर्न सकियो भने मात्र नेपालको आर्थिक समृद्धिको अभियानले गति लिनेछ । अहिले नेपाल सरकारले नेपालको आर्थिक समृद्धिको दिर्घकालिन २५ बर्षे योजना निर्माण गरिरहेको छ । त्यसै गरी प्रदेश नं. ५ ले पनि यस प्रदेशको ५ बर्षे योजना निर्माण गरी रहेको छ । यस योजनामा नेपाल सरकारको २५ वर्षे कार्ययोजनालाई आधार मानेर  नेपाल सरकारले बनाउन लागेको पहिलो ५ वर्षे कार्ययोजना जहाँ नेपालको समृद्धिको आधार योजनाको रुपमा लिएको छ र यसैको आधारलाई सहयोग गर्ने गरी यस प्रदेशमा पनि प्रदेश समृद्धिको आधार निर्माण गर्ने गरी योजनाहरु तयार गरिएको छ । 
यस वर्ष नेपाल सरकार, सवै प्रादेशिक सरकार र स्थानीय सरकारहरु आफुलाई आवश्यक हुने ऐन, कानूनहरु बनाउने कार्यमा नै केन्द्रित हुदै यसले जनताका आधारभूत आवश्यकता र विकासका अति आवश्यक पूर्वाधारको निर्माणमा नै केन्द्रित रहकोछ । अर्को वर्ष नेपालका सवै सरकारहरु आवश्यक थप ऐन कानूनहरु बनाउदै पूर्वाधार निर्माणको कार्यमा केही गति लिनेछन् भने तेस्रो वषर््ावाट बल्ल नेपालका सवै सरकारहरु तिव्र गतिका साथमा नेपालको आर्थिक विकासका कार्यमा कृयाशील रहनेछन् । अहिले नेपालको शासन प्रणालीमा आएको परिवर्तनका कारण राज्यले आफुलाई सुशानका साथमा राज्य संचालनका लागि ऐन कानून, संरचना निर्माण र आवश्यक कर्मचारी तथा कार्यालयीय भौतिक संरचना निर्माणको कार्यमा लाग्नु पर्ने बाध्यकारी विषयले विकास निर्माण तथा जनतालाई सेवा सुविधा प्रदान गर्ने कार्यमा भएको ढिलासुस्तिलाई आधार मानी सरकारको प्रतिपक्ष तथा विकास विरोधी तत्वहरुले जनतामा भ्रम फैलाउने र विकासको गतिमा अवरोध गर्ने कार्यलाई जनताको वीचमा पुर्याउदै उनीहरुलाई  आगामी दिनमा सुशासनका साथमा विकास निर्माण तथा सेवा कार्यलाई सुचारु रुपले संचालन गर्ने कुरामा विश्वास जगाउन आवश्यक छ ।  नेपालको प्रशासन क्षेत्रमा जरो गाडेको अवरोधमुखि तथा जनमैत्री विपरितका कार्यशैलीलाई यथासिघ्र सुधार गर्ने कार्यमा सरकारहरु अत्यन्त केन्द्रित भएर लाग्नु पर्ने छ । 
त्यसै गरी विकास निर्माणका योजना छनोट तथा कार्यान्वयनमा जनताको सहभागीतालाई अनिवार्य रुपमा कार्यान्वयन गर्ने कार्यमा समेत सवै सरकारहरुले अभियानका रुपमा संचालन गर्नु आवश्यकछ । त्यसै गरी कतिपय कार्यहरु सरसफाई, पढाइ लेखाई, हरियाली निर्माण, पर्यटकीय स्थलहरुको निर्माण, व्यवशायिक कृषि उत्पादन लगायतका विषयहरुलाई राष्ट्रिय अभियानका रुपमा संचालन गर्दै जनतालाई विकास र समृद्धिको अभियान जोडन आवश्यक रहेकोछ । नेपालको औधोगिकरण विकासका लागि विश्वका अनुभवहरुवाट आत्मासाथ गर्दै नेपालको तिव्र औधोगिकरणका लागि एउटा निश्चित समयका लागि विशेष सहुलियत सहितको औधोगिकरण अभियान संचालन गर्न आवश्यकछ । जवसम्म नेपालमा तिव्र औधोगिकरण हुदैन तवसम्म नेपालमा व्यवशाय, रोजगारी र स्वरोगारीको विकास संभव हुदैन, जवसम्म नेपालीहरु रोजगार र स्वरोगारको अवशर पाउँदैन तवसम्म आर्थिक समृद्धिको आधार तयार हुन सक्दैन । त्यसैले पनि तिव्र औधोगिकरण नेपालको आर्थिक समृद्धिको पहिलो शर्त हो र यस कार्यमा सवै सरकारहरुले ध्यान केन्द्रित गर्न आवश्यकछ ।
नेपालको आर्थिक समृद्धिको लागि सवै सरकारहरुले के गर्ने त ?  
१. आआफ्नो स्थानको सामाजिक, आर्थिक तथा साँस्कृतिक अवस्थाका बारेमा तथ्य संकलन गर्ने ।

  •     आआफ्नो स्थानको जनसंख्या, जातीय अवस्था, बासस्थान, आधारभूत भौतिक पूर्वाधारहरु बाटो, पानी, विधुत, शिक्षा, स्वास्थ्य, संचार आदीको विवरण तयार गर्ने ।
  •     आआफ्नो स्थानमा रहेका जनताको जीवन यापनका साधानहरु कृषि, उद्योग, व्यापार, रोजगारी, स्वरोजगारी लगायतका विषयको बारेमा विवरण तयार गर्ने ।
  •     समाजमा रहेका जनताहरुको जातजाती, चाडपर्व, साँस्कृतिक गतिविधि, उनीहरुको वीचको सामाजिक सम्वन्ध तथा सद्भाव मनोरंजनका साधनहरु आदीका बारेमा जानकारी लिने ।

२.  आफ्नो स्थानमा रहेका जनताको जीविकोपार्जनका क्षेत्रहरुको पहिचान गर्ने ।

  •     कृषि उत्पादन, पर्यटन उद्योगहरु, बन, नदीजन्य पदार्थ, जलविधुत उत्पादन, खनिज, जडीबुटी, पशुपंक्षी पालन,..के कुरामा जनता रोजगार तथा स्वरोजगार भर्ई रहेकाछन् र कति जनता बेरोजगार तथा विभिन्न अवशरवाट बंचित छन् विवरण तयार गर्ने ।

३. यी जीविको पार्जनका साधनहरुको स्तरोन्नती गर्ने  ।

  •     आफ्नो क्षेत्रका जनताको जीविकोपार्जनका साधनश्रोतहरुलाई कसरी उन्नत बनाउदै सवै नागरिकहरुलाई यसमा कसरी समायोजन गर्दै उनीहरुको जीवनको समृद्धि हासिल गर्न सकिन्छ भन्ने बारेमा व्यापक छलफल, बहस तथा अन्तरक्रिया गर्दै विकासको गुरुयोजना बनाउने ।
  •     बनाएका योजनाहरुलाई कार्यान्वयन गर्न आवधिक योजनाहरु बनाउने ।
  •     बनाएका कार्ययोजनाहरुलाई क्रमशः प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने ।

४  विकासका लागि आवश्यक श्रोतहरुको पहिचान गर्ने ।

  •     सरकारले तयार गरेका कार्ययोजनाहरुलाई कार्यान्वयनका के कसरी श्रोतहरु संकलन गर्न सकिन्छ भन्ने बारेमा सोच तयार गर्ने ।
  •     बनाएका योजनाहरुको अवस्थाको विश्लेषण गरी कुन योजना कुन स्तरको श्रोतवाट संचालन गर्न सकिन्छ भन्ने बारेमा सोच बनाउदै स्थानीय समुदाय, स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्रिय सरकार, दातृ निकाय वा बैदेशिक सहयोग तथा लगानीको बारेमा पहुचको विश्लेषण गर्ने ।

५. सुशासन सहित योजनाहरुको कार्यान्वयन गर्ने ।

  •     यसरी तयार गरेका योजनाहरु र योजनाको लागि आवश्यक श्रोतको व्यवस्थापन पछि प्राथमिकताका आधारमा योजनाहरु क्रमशः कार्यान्वयन गर्दै जाने ।  
  •     आफुले तयार गरेका योजनाहरुको कार्यान्वयनमा जनताको चासो, सहभागीता, अनुगमनमा समेत सहभागी बनाउदै पारदर्शीता र सुशासनकासाथमा योजनाहरु कार्यान्वयन गर्नु पर्दछ र यसो गर्न सकियो भने मात्र हामीले तोकेको समयमा समृद्धिको लक्ष्य प्राप्त गर्न सक्नेछौं ।

निश्कर्ष ः
हाम्रो देश अपार प्राकृतिक संपदा, इमान्दार तथा लगनशील जनशक्ति भएको देश हो । हामीले हाम्रा श्रोतहरुको गहिरो गरी विश्लेषण गर्ने व्यवस्थित रुपमा योजना बनाउने र इमान्दारीताका साथमा सुशासनयूक्त वाताबरणमा कार्यान्वयन गर्न सक्ने हो भने हामीले यस देशलाई २५ वर्षमा विश्वको विकसित मुलुकहरुको दाजोमा पुर्याउन सक्दछौ भन्ने लक्षणहरु देखा परिरहेका छन् । त्यसमा विशेषगरी सरकार संचालन गर्नेहरुमा विशाल सोच, इमान्दारीता र जिम्मेवारीबोध हुन आवश्यकता छ ।  
 सदस्य, नेकपा प्रदेश कमिटी, प्रदेश नं. ५ 
२०७५ फागुन १७
 
 

प्राप्त प्रतिकृयाहरू

To Top