तपाईंको आजको राशिफल /वि.सं. २०७५ साल फागुन २३ गते। बिहीबार।

धार्मिक फागुन २३ २०७५ ekhabarnepal
87


वि.सं. २०७५ साल फागुन २३ गते। बिहीबार। इश्वी सन् २०१९ मार्च ७ तारिख। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– प्रतिपदा,

मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। परिस्थितिजन्य समस्याले दु:ख पाइनेछ।

बृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
विवादास्पद कामलाई टुंगो लगाउँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर पुरानो समस्याले खर्च गराउन सक्छ। सरसापटमा पनि धन बाहिरिने सम्भावना देखिन्छ।

मिथुन - (का, कि, कु, घ, ङ, छ, के, को, ह )
सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि धनसञ्चय र कर्मनिश्चय गर्ने समय छ।

कर्कट - (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी बढे पनि काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले समुदायको हितमा काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाएर पनि फाइदा उठाउन सकिनेछ।

सिंह - (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसोदेखि आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले गरेको काम दोहोर्याउनुपर्ला।

कन्या - (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारले फजुल खर्च गराए पनि मिहिनेतले लक्ष्यमा पुग्न सफल भइनेछ।

तुला -( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा केही समस्या देखिन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। समयको महत्त्वलाई बेवास्ता गर्दा व्यवहारमा पछि परिनेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।

बृश्चिक - (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। मध्याह्नदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ।

धनु - (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ।

मकर - (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापारमा लाभ हुनेछ। कामको लगावले मनग्गे धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ।

कुम्भ - (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर शुभचिन्तकहरूले अप्ठ्यारो पर्दा साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले दैनिकीमा पनि परिवर्तन आउनेछ।

मीन - (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top